मुख्य समाचार

तीजकाे दिन कस्ताे खबर सुनियाे, दुधे बच्चा र पति छाडेर अर्कैसँग टाप

तीजकाे दिन कस्ताे खबर सुनियाे, दुधे बच्चा र पति छाडेर अर्कैसँग टाप

काठमाडाैं । बझाङ सदरमुकाम चैनपुरमा श्रीमानले भारतबाट पठाएकाे पैसा र सुन ल्याउन भनी गएकी एक महिला भारतमा अर्कै पुरूषसँग फेला परेकी छन् ।

 

भदाै १६ गते श्रीमानले भारतबाट पैसा पठाएकाे भन्दै थलाराकी शान्तीदेवी उपाध्याय घरबाट सदरमुकाम तर्फ हिँडेकी थिर्इन । उनकाे घरमा १ वर्षकाे नाबालक छाेरा छन् । नाबालक छाेरा छाेडेर रातिसम्म पनि घरमा उनी नअाएपछि घरकाहरूले खाेजतलास सुरू गरे तर कहीँ भेटेनन् । उनी चैनपुरबाट श्रीमानले पठाएकाे २ लाख नगद र ४ ताेला सुन लिएर नयाँ दुलाहासँग भारतमा फरार भएकी हुन् ।

 

 हराएकाे १० दिनपछि २६ गते मंगलबार अन्तर्राष्ट्रिय नेपाली समाज भारत कर्नाटक राज्यका संयोजक राजेश रावलले उनलार्इ उद्दार गरेका हुन् । उनी थलारा गाउँपालिका वडा नं. ७ अदुगाली निवासी भानुभक्त उपाध्यायकी बुहारी र हिरालाल उपाध्यायकी श्रीमती हुन् ।

शान्तीदेवीकाे एक वर्षे छाेरा

उनकाे मार्इतीघर बझाङकै भातेखाेला रहेकाे रावलले सामाजिक सञ्जालमा जनाएका छन् । संयोजक रावलले कसैले सम्पर्क गर्न चाहेमा ८८९२२३९४९० मा फाेन गर्न अाग्रह गरेका छन् ।

 

हराएकी भनिएकी उपाध्याय अर्कैसँग हिँडेकाे भारतमा रहेका बझाङ्गी नेपालीले जनाएका छन् । उनलार्इ भगाउने केटाकाे खाेजी भर्इरहेकाे उनीहरूले बताएका छन् ।

 

शान्तीलार्इ भगाउने पुरूष बझाङकै सुतियाँका रविन्द्र उपाध्या रहेकाे बतार्इएकाे छ । रवीन्द्रले जेठी श्रीमतीकाे टाउकाेमा हिर्काएर मारेकाे अाराेप स्थानियले लगाएका छन् । यता शान्तीदेवीका श्रीमान् भने घरपरिवारकाे खर्च धान्न भार‍तमा राेजगारी गर्दै अाएका थिए । बेला बेलामा चाहे जति पैसा पठाउने गरेकाे र श्रीमतीलार्इ निकै माया गर्ने गरेकाे स्थानिय बताउँछन् । 

शान्तीदेवी र उनका पूर्व श्रीमान् हिरालाल उपाध्याय

शान्तीदेवी अाफैले याेजना बनाएकाे परिवारकाे दाबी छ । भारतमा समातिएकी शान्तीदेवीलार्इ साेधपुछ गर्दा सबै झुटाे बाेलेकाे संयाेजक रावल बताए । 

 

पैसा, सुन लुकाएर शान्तीदेवीका नयाँ श्रीमान् फरार छन् । शान्तीदेवीलार्इ पुरानाे श्रीमान् हिरालालले भेटेपछि अाफूले अब श्नीमतीका रुपमा स्विकार्ने भनेपछि उनी त्यहाँबाट हिँडेकाे संयाेजक रावलले बताए । 

 

बझाङ

विशेष