मुख्य समाचार

पूर्वी नेपालमा भूकम्पको धक्का महसुस

पूर्वी नेपालमा भूकम्पको धक्का महसुस

विराटनगर । पूर्वी नेपालमा भूकम्पको धक्का महसुस गरिएको छ। बिहान १०:२० बजेको समयमा सिरहा, सप्तरी लगायत पूर्वी नेपालमा भूकम्पको धक्का महसुस भएको हो। करिब ३० सेकेन्डजति भूकम्पको कम्पन महसुस गरिएको थियो।

भारतको असामस्थित कोक्राजरलाई केन्द्रविन्दु बनाएर ५.५ म्याग्निच्युडको भूकम्प गएको भारतीय सञ्चाजरमाध्यमले जनाएका छन्। सिलिगुडी, गुहाटी, बिहार लगायतका स्थानमा ठूलै धक्का गएको थियो। पश्चिम बंगालका साथै अरुणाञ्जल प्रदेशमा पनि यसको असर परेको थियो।

बंगलादेशमा पनि यसको महसुस गरिएको छ।
 

भूकम्प

विशेष