मुख्य समाचार

गोर्खा सैनिकका माग सम्बोधनको पहल हुन्छ- प्रचण्ड

गोर्खा सैनिकका माग सम्बोधनको पहल हुन्छ- प्रचण्ड

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष प्रचण्डले ब्रिटिश गोर्खा सैनिकले उठाउँदै आएका माग सम्बोधनका लागि पहल गर्ने विश्वास दिलाएका छन् ।

 

 

ब्रिटिश गोर्खा भूतपूर्व सैनिक र उनका परिवारलाई ‘वंशजका आधारमा नेपाली नागरिकताको निरन्तरता तथा पूँजी पलायन’ विषयक कार्यशालालाई बिहीबार काठमाडौंमा सम्बोधन गर्दै उनले बेलायतमा रहेका गोर्खा सैनिकलाई दिइने सुविधा तथा नागरिकताको निरन्तरताको मागलाई सम्बोधन गर्न प्रयास गर्ने बताए ।

 

 

‘वंशजका आधारमा प्राप्त गरेको नागरिकतालाई खोस्ने भन्ने विषय नेपालको संविधानमा व्यवस्था छैन, तपाईहरु नेपाली नागरिक नै हो । तपाईहरुको मागका विषयमा सरकारले सम्बोधन गर्छ’, अध्यक्ष प्रचण्डले भने । 

 

 

राष्ट्रियताका आधारमा ब्रिटिस सैनिक नेपाली भएको र नागरिकतासमेत वंशजका आधारमा नेपाली नागरिक नै भएकाले कानूनी तथा संवैधानिक विषयमा धेरै समस्या नभएको उल्लेख गरे ।

 

 

उनले बेलायती सेनामा कार्यरत ब्रिटिश गौर्खा सैनिकको अलगअलग परिभाषा नगरिँदासमेत समस्या देखिएको भन्दै उहाँले त्यसलाई थप स्पष्ट पारिने उल्लेख गरे । प्रचण्डले गैरआवासीय नेपालीलाई राजनीतिक अधिकारबाहेक सबै हकअधिकार दिने व्यवस्था गरिएको भन्दै उनले ब्रिटिश गोर्खा सैनिकलाई पनि अधिकार सम्पन्न बनाउन प्रयन्तशील रहेको बताए । 

प्रचण्ड नेपाल कम्युनिस्ट पार्टी ब्रिटिश गोर्खा सैनिक

विशेष