मुख्य समाचार

अर्थमन्त्री खतिवडाले जापानका राजदूतसँग भने ‘पूर्वाधारको विकासमा लगानी गरिदिनुस्’  

अर्थमन्त्री खतिवडाले जापानका राजदूतसँग भने ‘पूर्वाधारको विकासमा लगानी गरिदिनुस्’  

काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले नेपालको भौतिक पूर्वाधारको विकासमा सहयोग गर्न जापान सरकारसँग आग्रह गरेका छन् । 

 

 

शिष्टाचार भेटवार्ताका लागि बिहीबार अर्थमन्त्रालय पुगेका नेपालका लागि जापानी राजदूत मासामिची साइगोलाई भौतिक पूर्वाधारका क्षेत्रमा लगानीका लागि अनुरोध गरेका हुन् । 

 

 

आर्थिक तथा सामाजिक विकासका लागि नेपालमा लामो समयदेखि सहयोग गर्दै आएको जापान सरकारबाट थप सहयोगको अपेक्षा गरेको भन्दै अर्थमन्त्री डा. खतिवडाले आफूहरु आर्थिक विकास तथा समृद्धिको मार्गमा केन्द्रित रहेको बताए । 

 

 

अर्थमन्त्रीले डा. खतिवडाले पूर्व-पश्चिम रेलमार्ग निर्माणका लागि जापानी आयात निर्यात बैंकबाट सहुलियत ऋण उपलब्ध गराइदिनसमेत राजदूतलाई आग्रह गरेका थिए । 

 

 

सो अवसरमा राजदूत साइगोले जापान सरकारको सहयोगमा निर्माण भएको सिन्धुली- बर्दिबास सडकको शीघ्र मर्मतका विषयमा अर्थमन्त्रीलाई आग्रह गरेका थिए । 

 

 

जापानी राजदूतले पछिल्लो समयमा नेपालमा लगानीका लागि जापानी व्यवसायी इच्छुक रहेको र आकर्षितसमेत भएको बताएका थिए । 

काठमाडौं डा. युवराज खतिवडा अर्थमन्त्री जापानी राजदूत मासामिची साइगो

विशेष