इतिहासमा आज

इतिहासमा अाज - भारतको दिल्लीमा सृङ्खलावद्द बम विस्फोट भएकाे दिन

इतिहासमा अाज - भारतको दिल्लीमा सृङ्खलावद्द बम विस्फोट भएकाे दिन

अाज (सन् १९८९) जर्मनी राष्ट्रिय फुटबल टिमका खेलाडी थोमस मुलरकाे जन्मदिन ।

जर्मनी राष्ट्रिय फुटबल टिमका खेलाडी हुन् भने उनी व्यवसायिक फुटबल बायर्न म्युनिखका लागि खेल्न गर्दछन् । मुलरले आक्रामक अलराउन्डरको भुमिका निर्वाह गर्छन्, फरवार्ड र मिडफिल्ड दुवै स्थानमा खेल्न सक्ने खेलाडीका रूपमा चिनिन्छन् । मुलरको उपस्थितिमा जर्मनीको आक्रमण शक्ति सँधै शसक्त हुने गर्छ । 

मुख्यतः मिडफिल्डमा जम्ने मुलर विङ्सबाट पनि राम्रै प्रभाव पार्न सक्छन् । युवा क्लबको जीवन सकेर वरिष्ठ टोलीमा डेब्यु गर्दा मध्यपंक्तिको रूपमा खेले पनि अग्रपंक्तिमा पनि सटीक खेल खेल्ने खेलाडी हुन् मुलर । बायर्न म्युनिख र राष्ट्रिय टोलीले ४-२-३-१ को ढाँचामा खेल्दछन जहाँ मुलर तीन आक्रामक मिडफिल्डर मध्येमा पर्दछन् । मुलर परिपक्वता र तीव्र वेग भएका खेलाडीका रूपमा चिनिन्छन् । मैदानमा प्रवेश गरेपछी दबाबमा नरहनु र विपक्षीलाई दबाबमा राख्नु उनको विशेषता हो ।



बि.स. २०५८ (सन् २००१)  - सेप्टेम्बर ११ को आतङ्कवादी हमला पछि अमेरिकामा सर्वसाधारणको लागी हवाईसेवा पूनः चालु गरिएको थियो ।


बि.स. २०६५ (सन् २००८)  - भारतको दिल्लीमा सृङ्खलावद्द बम विस्फोट हुँदा ३० जनाको मृत्युको साथै १३० जना घाइते भएका थिए ।

इतिहासमा अाज

विशेष