मुख्य समाचार

लमजुङमा बाढीपहिरो: ३ जनाको ज्यान गयो, ४ जना बेपत्ता

लमजुङमा बाढीपहिरो: ३ जनाको ज्यान गयो, ४ जना बेपत्ता

लमजुङमा अविरल वर्षापछि आएको बाढीपहिरोमा परी ३ जनाको मृत्यु भएको छ । ४ जना बेपत्ता भएका छन् । मर्स्याङ्दी गाउँपालिका ३, तरापु पल्लोटारीमा घर माथिबाट आएको पहिरोबाट ज्यान जोगाउन भाग्ने क्रममा ६० वर्षीया अभिरुपा थापा र थापाकी नातिनी १० वर्षीया सिरस थापाको मृत्यु भएको लमजुङका प्रहरी नायब उपरिक्षक यादव ढकालले बताए ।

 

गम्भीर घाइते उनीहरुलाई उपचारको लागि स्थानिय खुदीस्थीत स्वास्थ्य संस्थामा ल्याउने क्रममा बुधबार साँझ ६ बजेतिर निधन भएको प्रनाउ ढकालले बताए ।

बाढी र पहिराेले बाहुनडाँडा र रामबजारमा केही घरमा  क्षति

त्यस्तै बाख्रा चराउने क्रममा पहिरोबाट खसेको ढुंगा लागेर मस्र्याङदी गाउँपालिका ४, श्रीचौरकी अन्दाजी ४६ वर्षीया विष्णु मायाँ गुरुङको मृत्यु भएको स्थानीय कमल गुरुङले बताए । गम्भीर घाइते उनलाई गाउँलेले घर ल्याएको र साँझ ७ बजेतिर मृत्यु भएको गुरुङले बताए ।

 

यता बेंसीसहर–चामे सडक खण्डको अर्खलेबेंसीदेखि च्याम्चेसम्म बाढीपहिरोका कारण अर्खलेबेंसीमा २ जनालाई बगाएको स्थानीयले बताएका छन् ।

 

मर्स्याङ्दी गाउँपालिका ३ को अर्खलेबेंसीमा पहिरोले बगाएर घरमा रहेका अन्दाजी ७० वर्षीया ललितामाया गुरुङ र जगतगाउँ घर भएका लामा भनिने नामथर खुल्न नसकेका एक वृद्धलाई बाढीले बगाएको स्थानीय पार्वती गुरुङले बताइन् । उनका अनुसार पहिरोले ३ घर बगाएको छ ।

 

यता मर्स्याङ्दीमा एक्कासी बढेको बहाबले बगाउँदा बेंसीसहर नगरपालिका ११, रामचोकबेंसीस्थित दोर्दीखोला जलविद्युत आयोजनाको पावरहाउस निर्माणमा खटिएका २ जना युवकलाई मस्र्याङ्दीले बगाएको छ ।

बाढीका कारण दोर्दी खोला जलविद्युत आयोजना अन्तर्गत हिमालयन पावर पार्टनरको विद्युत गृह बनाउदै गर्दा रसुवा कन्सट्रक्सनमा काम गर्ने दुई जनालाई मस्र्याङदीले बगाएको हो । मस्र्याङदी नदीको वहाव बढे पछि विद्युत गृहमा काम गर्दै गरेका बर्दिया घर भएका बलिराम चौधरी र लक्ष्मण थारूलाइ मस्र्याङदीले बगाएको हो ।


त्यस्तै मुसलधारे बर्षा पछि मस्र्याङदी गाउँ पालिकाको अर्खलेमा दुइजना हराइरहेका छन् । उनीहरुको पहिचान खुली नसके पनि बाढीले दुइ जनालाइ बगाएको आशंका गरिएको छ । अर्खलेमा तीन घर बाढीले बगाएको छ ।


बर्षा पछि मस्र्याङदी, ङादी, खुदी लगायतका नदी खोला र ससाना खोल्साहरूमा पनि पानीको सतह ह्वात्तै बढेको छ । 

लमजुङ बाढीपहिरो

विशेष