मुख्य समाचार

पटक पटक एउटै निर्णयः सरकारी खर्चमा नेतालाई विदेशमा उपचार गर्न नपठाइने

पटक पटक एउटै निर्णयः सरकारी खर्चमा नेतालाई विदेशमा उपचार गर्न नपठाइने

काठमाडौं । सरकारले राष्ट्रपति, प्रधानमन्त्री तथा नेतालार्इ विदेशमा उपचार खर्च नदिने भएकाे छ ।  यस कुराले पटक-पटक स‌ंसदमा स्थान पाएपनि पछिल्लाे निर्णयले संसदको शिक्षा तथा स्वास्थ्य समितिले जनस्वास्थ्य विधेयकमा प्रचलित कानुनमा जे सुकै व्यवस्था भए पनि विदेशमा गरिने उपचारको खर्च राज्यले नव्यहोर्ने धारा थपेको हो ।

 

सरकारले ल्याएको जनस्वास्थ्य विधेयकमा विधेयकमा उपचार खर्चसम्बन्धी कुनै प्रावधान दिएकाे थिएन । तर, कांग्रेस सांसद गगन थापाले विदेशमा गरिने उपचारको खर्च व्यहोर्न नहुने संशोधन राखे । नेकपाका सांसद खगराज अधिकारीले भने मेडिकल काउन्सिलको सिफारिसमा मात्र उपचार खर्च दिने व्यवस्था राख्ने संशोधन हालेका थिए ।

 

त्यसपछि परिमार्जित विधेयक संसदमा पेश भएको छ । यो विधेयक बिहीबार नै पारित गर्ने तयारी छ ।  समितिले भने एक कदम अगाडि बढेर प्रचलित कानुनमा जे व्यवस्था भए पनि विदेशमा गरिने उपचारको खर्च राज्यले नव्यहोर्ने दफा विधेयकमा थप गरेको छ ।

 

विधेयक संसदबाट पनि पारित भई प्रमाणीकरण भएमा विदेशमा गरिने कुनै पनि उपचारको खर्च सरकारले व्यहोर्न पाउने छैन ।

जनस्वास्थ्य विधेयक उपचार खर्च

विशेष