मुख्य समाचार

निर्मला पन्त हत्या प्रकरण : सदनलाई जानकारी गराउन सभामुखको रुलिङ

निर्मला पन्त हत्या प्रकरण : सदनलाई जानकारी गराउन सभामुखको रुलिङ

काठमाडौं । सभामुख कृष्ण बहादुर महराले कञ्चनपुरकी निर्मला पन्तको बलात्कार र त्यसपछि भएको हत्याको घटनाबारे सदनलाई जानकारी गराउन सरकारलाई रुलिङ गरेका छन् । 

 

बिहीबारको प्रतिनिधिसभा बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले निर्मला पन्तको बलात्कार पछिको हत्याको घटनाका दोषिलाई सरकारले नै संरक्षण दिएको भन्दै घटनाबारे स्पष्ट जानकारी माग गरेपछि सभामुखले त्यसतर्फ सरकारको ध्यानाकर्षण गराएका हुन् । 

 

बैठक सुरु भएको जानकारी गराए लगत्तै प्रमुख प्रतिपक्षी दलका सांसदहरु उभिएर विरोध गरेपछि सभामुखले कांग्रेसका सांसद दिलेन्द्र प्रसाद बडुलाई बोल्नका लागि समय दिएका थिए । 

 

उनले निर्मला पन्तको हत्याको घटना संग जोडिए सार्वजनिक भएका विषयमाथि सरकारको जवाफ नभएसम्म सदन चल्न नदिने बताए । त्यसपछि सभामुखले घटना तर्फ सरकारको ध्यानाकर्षण गराएका हुन् । 

नेपाली काँग्रेस कृष्ण बहादुर महरा

विशेष