नेपाल दोस्रो खेलमा पनि भारतसँग पराजित
एकदिवसीय क्रिकेट सिरिज

काठमाडौं । भारतको लखनउमा जारी एकदिवसीय क्रिकेट सिरिज अन्तर्गत शुक्रबार सम्पन्न दोस्रो खेलमा नेपालको यू-१९ टोली भारतको यू-१९ ‘ए’सँग पराजित भएको छ ।
लखनउस्थित एकाना अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा भएको खेलमा नेपाल आठ विकेटले हारेको हो । टस जितेर ब्याटिङ गर्दै नेपालले ४५ दशमलव पाँच ओभरमा सवै विकेट गुमाएर १५६ रन बनाएको थियो । एक सय ५७ रनको विजयी लक्ष्य भारतले २४ दशमलव १ ओभरमा दुई विकेट गुमाएर पूरा गर्यो ।
भारतका लागि वाईभि राथोडले अविजित ५९ रन तथा प्रभासिमरन सिंहले अविजित ४६ रनको योगदान दिए । कप्तान अनुज रावतले ४७ रन बनाए । बलिङवर्फ नेपालका लागि कमलसिंह ऐरी र पवन सर्राफले एक ÷एक विकेट लिए ।
त्यसअघि ब्याटिङ गर्ने क्रममा नेपालका लागि सन्दिप जोराले सर्वाधिक ६६ रनको योगदान दिए । उनले ९३ बल खेल्दै एक छक्का र पाँच चौका हाने । तृतराज दासले ४६ तथा भीम सार्कीले २८ रन बनाए । बलिङतर्फ भारतका वाईडी मङवानी र अजयदेव गौडले चार÷चार विकेट लिए ।
एकदिवसीय क्रिकेट सिरिज नेपाल यू-१९ टोली भारत यू-१९