मुख्य समाचार

समयको सदुपयोग गर्दै अब विकासको लहर ल्याइन्छः प्रधानमन्त्री

समयको सदुपयोग गर्दै अब विकासको लहर ल्याइन्छः प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले समयको पूर्ण सदुपयोग गरेर नेपालमा विकासको लहर ल्याइने बताएका छन् । काठमाडौंमा कारोवार आर्थिक दैनिकले आयोजना गरेको आर्थिक सम्मेलन-२०१८ को उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले लामो राजनीतिक सङ्क्रमणपछि आर्थिक विकासको समृद्धिको बाटोमा नेपाल अघि बढेको बताए । 

 

 

उनले भने, ‘लामो राजनीतिक सङ्क्रमणकाल पार गर्दै संविधानसभाबाट संविधान जारी गरेपछि हामी आर्थिक विकास र समृद्धिको नयाँ यात्रामा अघि बढेका छौँ ।’  प्रधानमन्त्री ओलीले समय खेर नफालेर अब समयको पूर्ण सदुपयोग गरेर नेपालमा विकासको लहर ल्याउने दाबी गरे । 

 

 

प्रधानमन्त्री ओलीले नेपालका अधिकांश जनता कृषिमा आश्रित भएकोले सरकार यो क्षेत्रको आधुनिकीकरण गर्न कृषि उद्योगलाई प्रोत्साहन गर्न सकारात्मक भएको जनाउँदै ‘नेपालको कृषि र पर्यटन नेपालीलाई समृद्ध बनाउने मुख्य आधार हुनसक्छ’ भने । उनले नेपालमा निर्धक्क भएर लगानी गर्न विदेशी लगानीकर्तालाई आग्रह पनि आग्रह गरे । 

केपी शर्मा ओली काठमाडौं

विशेष