वीरगन्ज महानगरपालिकाका मेयर सरावगीले पार्टीबाट राजीनामा दिए
काठमाडौं ।वीरगन्ज महानगरपालिकाका मेयर विजय सरावगीले आफ्नो पार्टी संघीय समाजवादी फोरमबाट राजीनामा दिएका छन्।
महानगरको कामकारबाहीमा अनावश्यक दबाव दिइएको भन्दै उनले पार्टीबाट राजीनामा दिएका हुन्।
सरावगी संघीय समाजवादी फोरमबाट वीरगन्जको मेयरमा निर्वाचित भएका थिए।
पार्टीभित्रको कार्यशैलीमा असन्तुष्टि बढेकाले आफूले पार्टीबाट अलग बस्ने निर्णय गरेको खबर प्राप्त भएकाे छ।