मुख्य समाचार

नायक अनमाेल केसीकी अामाले अष्ट्रेलियन नागरिकसँग इन्गेजमेन्ट

नायक अनमाेल केसीकी अामाले अष्ट्रेलियन नागरिकसँग इन्गेजमेन्ट

काठमाडौं । भुवन केसीसँगको सम्वन्ध तोडिएपछि एक्लो जीवन बिताइरहेकी सुष्मिता केसीले अष्ट्रेलियन नागरिकसँग इन्गेजमेन्ट गरेकी छिन् ।

 

सुस्मिताले सेप्टेम्बर ९ मा सिंगापुरमा इन्गेजमेन्ट गरेकी हुन् । फिजीमा जन्मिएका अष्ट्रेलियन नागरिक किलन स्वामिसँग पारिवारिक सहमतीमै उनको इन्गेजमेन्ट भएको हो ।

धनाढ्य व्यापारी किलनसंग सन् २०१९ को भ्यालेन्टाइनको दिनमा उनले फिजीमा बिहे गर्नेछिन् । हालैमात्र उनले आफ्नो इस्न्टाग्राममा किलनलाई ओठमा चुम्बन गरिरहेको फोटो पोष्ट गर्दै उनी आफ्नो श्रीमान भएको पनि बताएकी छिन् ।

 

उनले क्याप्सनमा अब आफ्नो डिक्सनरीमा ‘विस लिस्ट’ भन्ने शब्द नै नरहेको पनि उल्लेख गरेकी छिन् । किलन जस्तो गज्जबको श्रीमान दिएर जीवनले आफ्नो सबै इच्छा पूरा गरिदिएको क्याप्सनमा उल्लेख छ ।

 

आपसी असमझदारीका कारण सुष्मिता भुवनसँग केही वर्षअघि नै अलग्गिएकी थिइन् । त्यसयता उनी एक्लै बस्दै आएकी थिइन् भने भुवन र सुष्मिताका छोरा अनमोल भने बाबुसँग बस्ने गर्छन् । यता सुष्मितासँग छुट्टिएपछि भुवन नायिका जिया केसीसँग लिभिङ टुगेदरमा छन् 

भुवन केसी सुष्मिता केसी

विशेष