खेल

महिला प्रिमियर लिग शुरु

महिला प्रिमियर लिग शुरु

काठमाडौं । महिला प्रिमियर लिग फुटसल प्रतियोगिता शनिबारदेखि शुरु हुने भएको छ । दुई महिनासम्म चल्ने उक्त प्रतियोगितामा आठ टोलीको सहभागिता रहने लिगका संयोजक निष्ठा थापा श्रेष्ठले जानकारी दिए । 

 

 

आगामी कात्तिक १७ गतेसम्म हरेक शनिबार प्रतियोगिताका खेल मण्डिकाटारस्थित ‘‘एक्सेल रिक्रिएशन फुटसल मैदान’मा सञ्चालन हुने छन् । खेलको नतिजाका आधारमा अङ्क जोडिने र अन्तिममा उपाधिको छिनोफानो हुनेछ । 

 


महिला सशक्तीकरणका नामक संस्थाको आयोजना तथा यूरोपियन युनियन (इयु) को सहयोगमा प्रतियोगिता सञ्चालन हुन लागेको श्रेष्ठले बताए । प्रतियोगितामा बार्सा, नेपाल, म्यानचेस्टर युनाइटेड फ्यान क्लब, फुटसल एरिना, एनएमबी बैंक, कुमारी फुटसल लगयएतका टोलीको सहभागिता रहनेछ । 

काठमाडौं महिला प्रिमियर लिग फुटसल फुटसल प्रतियोगिता

विशेष