मुख्य समाचार

नेता र जनताले संघीयता बुझेनन्ः महामन्त्री कोइराला

नेता र जनताले संघीयता बुझेनन्ः महामन्त्री कोइराला

चितवन । नेपाली कांग्रेसका महामन्त्री डा. शशाङ्क कोइरालाले नेता र जनताले संघीयताका बारेमा बुझ्न नसक्दा यसको कार्यान्वयनमा समस्या देखिएको बताएका छन् । 

 

 

चितवनमा पत्रकारसँग कुराकानी गर्दै उनले संविधानमा व्यवस्था भएअनुसार सङ्घीय सरकारले प्रदेशलाई अधिकार प्रत्यायोजन गर्न नसकेको बताए । उनले चभने, ‘संघियताका विषयमा सरकार, राजनीतिक दलका नेता र आम जनताले अझै बुझ्न सकेका छैनन् ।’ 

 

 

एक÷दुईवटा निर्वाचनपछि सङ्घीयता कार्यान्वयन सहज भएर जाने पनि उनले बताए । महामन्त्री कोइरालाले काङ्ग्रेसले प्रतिपक्षको भूमिका राम्रोसँग निर्वाह गरिरहेको बताए । उनले भने, ‘सरकारका राम्रोलाई राम्रो र गलतलाई गलत भन्नुपर्छ । काँग्रेस जिम्मेवार प्रतिपक्षी भएकाले सरकारका हरेक गतिविधिलाई नजिकबाट हेरेर मूल्याङ्कन गर्नेछ ।’

 

 

समृद्ध राष्ट्र बनाउने अभियानमा काङ्ग्रेस पहिलेदेखि नै लागिरहेको भन्दै उनले सरकारका समृृद्धिका योजनामा आफ्नो पार्टीको सहयोग रहँदैआएको बताए । 

 

 

फरक प्रसङ्गमा उनले देशभरका नेता कार्यकर्ताको राय बुझेर आफूले पार्टीको सभापतिमा उम्मेदवारी दिने वा नदिने टुङ्गो लगाउने बताए । पार्टीभित्र केही मतभेद रहेपनि त्यसको उचित व्यवस्थापन गरी एकढिक्का भएर जाने महामन्त्री कोइरालाको भनाइ छ । 

संघीयता नेपाली काँग्रेस चितवन महामन्त्री डा.शशाङ्क कोइराला

विशेष