अपराध सुरक्षा मुख्य समाचार समाज

निर्मला हत्याकाण्डको विरोधमा यसरी उर्लियो जनसागर

निर्मला हत्याकाण्डको विरोधमा यसरी उर्लियो जनसागर

काठमाडौं । कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको हत्यामा संलग्न दोषीमाथि कारवाहीको माग गर्दै राजधानीको माइतीघर मण्डलामा विशाल प्रदर्शन भएको छ । 

 

माइतीघर मण्डलाबाट शनिबार नयाँ बानेश्वरसम्म गरिएको प्रदर्शनमा सयौं सर्वसाधारणले सहभागीता जनाएका थिए ।


प्रदर्शनमा नायिका ऋचा शर्मा, लेखक सुबिन भट्टराई, नेता सुनिलकुमार थापा तथा थुप्रै कलाकारसमेत सहभागी भएको प्रदर्शनलाई ‘निर्मलाको निम्ति न्याय’ संज्ञा दिइएको थियो । 

 

प्रदर्शनकारीहरूले ‘दोषीलाई उन्मुक्ति ?, बलात्कारीलाई फाँसी दे’ लेखेका प्लेकार्ड बोकेका थिए ।  

 

राप्रपा (प्र) का नेता सुनिलकुमार थापाले सरकारले यो घटनालाई वेवास्ता गरेको आरोप लगाए । उनले सरकारले निर्मला पन्त हत्याकाण्डमा संलग्न अपराधीलाई समयमै पत्ता लगाउन सुझाए । भोलीका दिनमा पनि यस्ता घटना घट्नबाट पूर्णकालिन् रुपमै रोक्नका लागि नेपाल सरकारले चाँडो भन्दा चाँडो कदम चाल्नुपर्नेमा जोड दिए । 

 

लेखक सुबिन भट्टराई, पूर्वलडाकु लेनिन बिष्ट तथा आम नागरिकहरूले समग्रमा, यो प्रकरण फिल्मी शैलीमा चलिरहेको र यस्तो नाटकीय शैलीलाई बन्द गरेर सरकारले चाँडोभन्दा चाँडो दोषी पत्ता लगाउनुपर्नेमा जोड दिएका थिए । निर्मला हत्याकाण्डका दोषीलाई चाँडै पत्ता लगाएर कारबाही गर्न आज शनिबार राजधानीलगायत देशका विभिन्न १९ स्थानमा प्रदर्शन भएको छ । 

निर्मला हत्याकाण्ड

विशेष