मुख्य समाचार

उपराष्ट्रपति पुन असोज ३ गते चीन जाने

उपराष्ट्रपति पुन असोज ३ गते चीन जाने

काठमाडौं । उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ चीन भ्रमणमा जाने भएका छन् । उनी ६ दिने भ्रमणका लागि असोज ३ गते चीन प्रस्थान गर्ने छन्। दोस्रो पटक उपराष्ट्रपतिमा निर्वाचित भएपछि उनको यो पहिलो वैदेशिक भ्रमण हो ।

 

 

सिचुवान प्रान्तको राजधानी छन्दुमा असोज ४ गतेदेखि सुरु हुने ‘१७ औं चीन-पश्चिम अन्तर्राष्ट्रिय मेला’ मा सहभागी हुन उपराष्ट्रपति चीन जान लाग्नुभएको हो । उनले असोज ४ गते अन्तर्राष्ट्रिय मेलाको उद्घाटन समारोहलाई नेपालको तर्फबाट सम्बोधन गर्ने छन् ।

 

 

‘चीनमा नयाँ क्षेत्र, पश्चिमी चीनमा नयाँ विकास’ भन्ने मुख्य नाराका साथ आयोजना भएको मेला असोज ८ गतेसम्म आयोजना हुनेछ । उपराष्ट्रपतिले असोज ५ गते अन्तर्राष्ट्रिय मेलाको अवसरमा छेन्दूमा आयोजित डिजिटल फोरमलाई सम्बोधन गर्ने छन् ।

उपराष्ट्रपति नन्दबहादुर पुन चीन भ्रमण

विशेष