‘स्मार्ट सिटी’ विज्ञान तथा प्रविधिमैत्री हुनुपर्छ- अध्यक्ष तिमिल्सिना

काठमाडौं । राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिनाले नेपालमा अब बन्ने स्मार्ट सिटी विज्ञान तथा प्रविधिमैत्री हुनुपर्नेमा जोड दिएका छन् ।
सिरु बैद्धिक समाजले शनिबार काठमाडौंमा आयोजना गरेको ‘स्मार्ट सिटी नयाँ नगर योजना’ विषयक गोष्ठीमा उनले भने, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रका नयाँ शहरको अध्ययन, अनुसन्धान तथा मूल्याङ्कन गरी अब बन्ने स्मार्ट सिटीलाई विज्ञान तथा प्रविधिमैत्री बनाउन सक्नुपर्छ ।’
अध्यक्ष तिमिल्सिनाले सङ्घ, प्रदेश र स्थानीय तहले स्वच्छ, सफा र हराभरा नयाँ सहर निर्माण गर्न लाग्नुपर्नेमा जोड दिदैं विगतमा पहुँचका आधारमा विकास निर्माणको कार्य गर्दा गति लिन नसकेकाले अब प्राथमिकताका आधारमा योजनाको प्रभावकारी कार्यान्वयनमा सरकारले जोड दिनुपर्ने बताए ।
कार्यक्रममा ‘स्मार्ट सिटी नयाँ नगर योजना’ विषयमा कार्यपत्र प्रस्तुत गर्दै डा सुनीलबहादुर श्रेष्ठले नेपालका अधिकांश नगरपालिका तथा महानगरपालिकाको आयस्रोतको करीब ५० प्रतिशत रकम फोहर व्यवस्थापनमा खर्च हुने गरेको जानकारी दिए ।
सूर्यविनायक नगरपालिकाका उपप्रमुख जुना बस्नेत र समाजका अध्यक्ष ध्रुवराज विष्टले नगरको व्यवस्थित विकासका लागि सम्बन्धीत सबै पक्षबीच सहयोग, सहकार्य र समन्वय हुनुपर्ने आवश्यकतामाथि जोड दिए ।
स्मार्ट सिटी राष्ट्रियसभा गणेश तिमिल्सिना