मुख्य समाचार

रेल सञ्चालन, तुइन विस्थापन र मेलम्चीको कार्य द्रुत गतिमाः प्रधानमन्त्री ओली

रेल सञ्चालन, तुइन विस्थापन र मेलम्चीको कार्य द्रुत गतिमाः प्रधानमन्त्री ओली

ललितपुर । प्रधानमन्त्री केपी शर्मा ओलीले रेल सञ्चालन, तुइन विस्थापन, मेलम्चीको पानी काठमाडौं ल्याउनेजस्ता महत्वपूर्ण कार्य द्रुत गतिमा अघि बढिरहेको बताएका छन् । 

 

 

ज्यापु समाज यलले शनिबार ललितपुरमा हाँ आयोजना गरेको ‘रजत जयन्ती’ कार्यक्रममा उहाँले काठमाडौँबाट छिमेकी मुलुक र काठमाडौँ उपत्यकामा नै रेल सञ्चालनका लागि तयारी भइरहेको बताए । 

 

 

‘मेलम्चीको पानी छिट्टै नै काठमाडौं उपत्यका आइपुग्नेछ, पूराना पाइपका कारण दुई चार महीना बाटो हिलो भएर हैरानी सहनुपर्ने हुनसक्छ,’ उनले भने, ‘त्यो गाली नै सहनका लागि पनि म तयार छु तर चाँडो मेलम्चीको पानी ल्याउनुपर्छ ।’ 

 

 

काठमाडौँ उपत्यकाका फोहोरमैला व्यवस्थापनको नयाँ ढङ्गले काम हुनुपर्नेमा प्रधानमन्त्री ओलीको जोड थियो । तीनै जिल्लाका स्थानीय निकायले अहिले ‘डम्पिङ साइट’मा फोहर फारिहेको उल्लेख गर्दै उनले भने, ‘फोहरबाटै ग्यास र मल निकाल्न लाग्नुपर्छ ।’

 

 

तुइन विस्थापनको काम धमाधम अघि बढिरहेको उनले बताए । तुइन विस्थापित गर्न सरकारले शुरु गरेको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले ११६ वटा तुइन हटाएर त्यस स्थानमा झोलुङ्गे पुल बनेका बताए । उनले बाँकी रहेका ४० तुइन हटाउनका लागि झोलुङ्गे पुल निर्माणको काम अघि बढेको जानकारी दिए । 

 


पाटन सानो शहर भएर पनि ऐतिहासिक र कलाले धनी रहेको प्रधानमन्त्री ओलीले जानकारी गराए । नेपालमा प्राचीन सभ्यता, विज्ञानको विकास र शिक्षाको शुरुवात सबै कुरामा अघि रहेको उहाँले बताए । 

 

 

नेपाल कम्युनिष्ट पार्टीका नेता पम्फा भुषालले ज्यापु समाज चक्रपथभित्र मात्रै सीमित नभएर आसपासका वस्तीसम्म फैलनुपर्ने आवश्यकता औँल्याइन् । प्रदेशसभा सांसद माधव पौडेलले ज्यापु समाज यल सिङ्गो जिल्लाको गौरव बनेको बताइन् । 

 

 

पूर्व सांसद चन्द्र महर्जनले ज्यापु समाजले विगतदेखि नै विकासका काममा सक्रिय रुपमा लाग्नुपर्नेमा जोड दिए । समाजले रजत जयन्तीका अवसरमा विभिन्न क्षेत्रमा योगदान गर्ने ज्यापु समाजका सदस्यलाई सम्मान गरेको थियो । 

प्रधानमन्त्री केपी शर्मा ओली मेलम्चीको पानी रेल सञ्चालन तुइन विस्थापन

विशेष