मुख्य समाचार

निर्मला हत्याकाण्डः २ डिएसपीसहित पाँच प्रहरी पनि निलम्बित

निर्मला हत्याकाण्डः २ डिएसपीसहित पाँच प्रहरी पनि निलम्बित

काठमाडौं । कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटनाको अनुसन्धानमा गम्भीर लापरबाही गरेको आरोप लागेपछि सरकारले २ डिएसपीसहित थप पाँच जना प्रहरी अधिकारीहरुलाई निलम्बन गरेको छ।

 

 

गृहमन्त्रालयले शनिबार तत्कालीन जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता समेत रहेका प्रहरी नायव उपरीक्षक ज्ञानबहादुर सेठी, घटनाको अनुसन्धानका लागि खटिएका प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआईबी) का प्रहरी नायव उपरीक्षक अगुंर जिसीसहित २ जना प्रहरी निरीक्षक र एक जना प्रहरी सहायक निरीक्षकलाई शनिबारकै मितिदेखि लागू हुने गरि निलम्बन गरेको हो।

 

 

निलम्बित हुने प्रहरी निरीक्षकमा जगदिश भट्ट र एकेन्द्र खड्का छन् भने प्रहरी सहायक निरीक्षक रामसिंह धामी छन्। यसअघि सरकारले कञ्चनपुरका तत्कालीन एसपी डिल्लीराज बिष्टलाई निलम्बित गरिसकेको छ।

निलम्बित

विशेष