मुख्य समाचार

नेकपाका अध्यक्ष प्रचण्ड अाज चीन जाँदै

नेकपाका अध्यक्ष प्रचण्ड अाज चीन जाँदै

काठमाडाैं । नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड चीन भ्रमणका लागि शनिबार त्यसतर्फ प्रस्थान गर्दै छन् । चीनमा राखिएको ‘विश्व शान्ति दिवस’ कार्यक्रमलाई प्रमुख अतिथिका रूपमा सम्बोधन गर्न प्रचण्ड जान लागेका हुन् ।

 

प्रचण्डसँगै पत्नी सीता, छोरी गंगा, प्रमुख स्वकीयसचिव जोखबहादुर महरा र एक चिकित्सिक छिन् । प्रचण्ड ३ असाजमा स्वदेश फर्किने उनका प्रेस संयोजक विष्णु सापकोटाले जानकारी दिए । भ्रमणका क्रममा प्रचण्डले कुन–कुन चिनियाँ नेतासँग भेट्ने भन्ने खुलाइएको छैन ।

 

नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठ प्रकाशको नेतृत्वमा १५ सदस्यीय टोली शुक्रबार चीन प्रस्थान गरेको छ । चिनिया कम्युनिस्ट पार्टीको निमन्त्रणामा श्रेष्ठसहित बलावती शर्मा, सन्तु दराई, जीवन गौतमलगायत नेता चीन गएका हुन् ।

पुष्पकमल दाहाल प्रचण्ड नेपाल कम्युनिस्ट पार्टी नेकपा

विशेष