मनोरञ्जन

बलिउड अभिनेता गोविन्दा काठमाडौंमा 

बलिउड अभिनेता गोविन्दा काठमाडौंमा 

काठमाडौं । बलिउडका चर्चित अभिनेता गोविन्दा नेपाल भ्रमणमा आएका छन् । उनी एलजी सिने सर्कल अवार्डमा सहभागी हुन छोरी टिना आहुजासहित शनिबार मध्याहन्न काठमाडौं आइपुगेका हुन् ।

 

 

गोविन्दा श्रीमतीसहित नेपाल आउने भनिए पनि स्वास्थ्यमा केही समस्या देखिएका कारण उनकी श्रीमती भने आउन सकिनन् । विमानस्थलमा गोविन्दाले सञ्चारकर्मीसँग कुरा गर्दै नेपाल आफ्नो ससुराली घर पनि रहेकाले रमाइलो लाग्ने बताए । गोविन्दा र उनी छोरी टिनाले पशुपतिनाथको दर्शन गर्ने तयारी पनि छ।

बलिउड अभिनेता गोविन्दा

विशेष