कभर स्टोरी भिडियो

‘यस म्यान’ र जे बोले पनि ताली ठोक्नेले अवसर पाउन थाले (भिडियोसहित)

‘यस म्यान’ र जे बोले पनि ताली ठोक्नेले अवसर पाउन थाले (भिडियोसहित)

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका नेता लेखनाथ न्यौपानेको ‘सङ्घर्षको इतिहास’ नामक पुस्तक हालै सार्वजनिक भएकोछ । यो पुस्तकमा कम्युनिष्ट आन्दोलन, छिमेकी मुलुकहरु, नवऔपनिवेशिकता, साना राज्यहरुको विलय आदि धेरै विषयवस्तु समेटिएको छ । 

 

लेखकले किताबारे भनेका छन्, ‘ यो किताबमा वैचारिक राजनीतिक विषयहरु नै छन् । मानव समाजको विकासमा कस्ता कस्ता संघर्षहरु भए भन्ने विषयहरु यसमा समेटेको छु ।’

 

वाष्प इञ्जिनको सुरुवातदेखि हालसम्मका मूलभूत प्रश्नहरुको जवाफ कितावमा रहेका लेखकको भनाइ छ । नेपाली कम्युनिष्ट आन्दोलनले कार्यकर्ता पढाउन पाठ्यक्रम बनाएको छ ।  त्यसका लागि पनि आफ्नो किताब सन्दर्भसामाग्री हुन सक्ने लेखकको विश्वास छ । 

 

कम्युनिष्ट आन्दोलनमा रहेका नेता कार्यकर्ताहरुलाई लक्ष्यित गरेर ‘सङ्घर्षको इतिहास’ लेखिएको न्यौपाने बताउँछन् । ती नेता कार्यकर्ताका लागि पठनीय सामाग्री हुन सक्ने उनी बताउँछन् । 

 

हरेक कम्युनिष्ट कार्यकर्ताहरुले उपयुक्त विषयवस्तु पढ्नु पर्ने न्यौपाने सुझाउँछन् । जनयुद्धका विषयमा जानकारी लिन चाहनेले पनि यो किताब पढ्नु पर्ने उनले उल्लेख गरे । ‘सङ्घर्षको इतिहास’मा समाज, राजनीतिक, जनयुद्ध, भूराजनीतिक विषयवस्तु बुझ्नका लागि महत्वपूर्ण हुन सक्ने उनको विश्लेषण छ । 

 

नेपालको कम्युनिष्ट पार्टीको पाठ्यक्रमअनुसार नै ‘सङ्घर्षको इतिहास’ लेखिएकोले यसको महत्व सबै विचारधाराका मानिसका लागि सान्दर्भिक हुन सक्ने उनले जानकारी दिए । 

नाममा कम्युनिष्ट पार्टीका नेता कार्यकर्ता भनिए पनि उनीहरुको आचरण सफा नभएको चर्चा हुने गरेको छ । न्यौपानले आफ्नो पुस्तकमा कम्युनष्टि पार्टीका नेता तथा कार्यकर्ताले के गर्न हुन्छ ? के गर्न हुँदैन भन्ने कुरा स्पष्ट रुपमा उल्लेख नै गरेका छन् । 

 

कम्युनिष्टहरुको आचरण सफा हुनुपर्छ । एक दलाल र एक कम्युनिष्ट पार्टीका नेताबीच स्पष्ट फरक हुनुपर्ने उनी बताउँछन् । उनले भने, ‘निजी शिक्षा अन्त्य गर्ने नेपाल कम्युनिष्ट पार्टीको घोषणापत्र मै उल्लेख थियो । तर त्यो कार्यान्वयन भएन । हामीले यो बेला भन्न सक्नु पर्छ कि घोषणापत्र गलत थियो भनेर । नत्र कार्यान्वयन गर्नु पर्छ । यस्तो कम्युनिष्ट पार्टीमा हुन हुँदैन ।’
 

कम्युनिष्ट पार्टीका कार्यकर्ताले पालना गर्नु पर्ने नियमहरुः 
१. कम्युनष्टि पार्टीको कार्यकर्ताले सदस्य लिइसकेपछि ऊ कुनै न कुनै कमिटीमा बस्नै पर्छ । 
२. पार्टीका सबै आन्दोलनमा वा गतिविधिमा सहभागी हुनुपर्छ । 
३. कम्युनिष्ट पार्टीको कार्यकर्ताले आयआर्जन हुने काम गर्नु पर्छ र पार्टीलाई लेवि बुझाउनु पर्छ । 

यो पद्धती लेनिनवादी पार्टीमा हुने गरेको न्यौपानले बताए । यस्ता विषयहरु नेकपामा अहिले समाप्त भइसकेकोको छ । उनले भने, ‘गैर कम्युनिष्ट पार्टीको नेता कम्युनिष्ट पार्टीमा प्रवेश गर्दा ऊ सोझै पार्टीको नीति निर्माण तहमा पुग्छ । यो शैद्धान्तिक दृष्टिले ठीक छैन ।’

 

नाम र झण्डा कम्युनिष्ट पार्टीको भएर मात्रै नपुग्ने उनले बताए । उनले आचरण कम्युनिष्टको नभएसम्म नामले केही नहुने उनले स्पष्ट पारे ।

 

नेताले कार्यकर्ता छान्ने पद्धति पनि बदल्नु पर्ने उनको मत छ । न्यौपाने भन्छन्, ‘यो कार्यकर्ता मेरो यस म्यान हो कि होइन, मैले जे बोले पनि ताली ठोक्छ कि ठोक्दैन ? यस्ता कुरालाई ध्यानमा राखेर कार्यकर्ताको मूल्यांकन हुन्छ ।’ 
 

लेखनाथ न्याैपाने सङ्घर्षको इतिहास

विशेष