मुख्य समाचार

चीन उड्नुअघि प्रचण्डले भने, ‘फर्केर आउने बित्तिकै सांगठनिक एकता निष्कर्षमा पुग्छ’

चीन उड्नुअघि प्रचण्डले भने, ‘फर्केर आउने बित्तिकै सांगठनिक एकता निष्कर्षमा पुग्छ’

काठमाडौं । चिनियाँ कम्युनिस्ट पार्टीको विशेष निमन्त्रणामा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ शनिबार चीन प्रस्थान गरेका छन् । 

 

 

चीन प्रस्थान गर्नुअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित विशेष पत्रकार सम्मेलनमा अध्यक्ष प्रचण्डले नेकपा र चिनियाँ कम्युनिस्ट पार्टीबीचको सम्बन्ध विस्तार नै आफ्नो भ्रमणको प्रमुख ‘एजेण्डा’ रहेको बताए । 

 

 

यस्तै विगतमा दुई देशका सरकारका बीचमा भएको सहमति तथा सहकार्यका विविध विषयलाई कार्यान्वयनमा ल्याउनसमेत आफूहले पहल गर्ने उनले जानकारी दिए । 

 

 

फरक एक प्रसङ्गमा अध्यक्ष दाहालले पार्टीको जनवर्गीय सङ्गठन तथा प्रदेश र जिल्लाको एकताको विषयमा छलफल चलिरहेको र केही समयभित्रै निष्कर्षमा पुगिने बताए । 

 

 

अध्यक्ष दाहालले भने, ‘म फर्केर आउने बित्तिकै एकतामा बाँकी रहेका विषयलाई निष्कर्षमा पुर्यान्छ । दशैँअगावै एकताका सबै विषयलाई निष्कर्षमा पुर्याइन्छ । कुनै दुविधा रहँदैन ।’

 

 

 चीन भ्रमणको क्रममा अध्यक्ष दाहालले चिनियाँ कम्युनिस्ट पार्टीका उच्च नेतासँग आपसी हित र द्विपक्षीय चासोका विषयमा छलफल गर्ने कार्यक्रम छ । 

 

 

केही दिन पहिले भारत भ्रमणमा गएका पूर्वप्रधानमन्त्री दाहालले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, विदेशमन्त्री सुष्मा स्वराज, गृहमन्त्री राजनाथ सिंहलगायतसँग भेट गरी नेपाल-भारत सम्बन्धमा विविध पाटाका बारेमा छलफल गरेका थिए । 

पुष्पकमल दाहाल ‘प्रचण्ड नेपाल कम्युनिस्ट पार्टी चिनियाँ कम्युनिस्ट पार्टी

विशेष