अमेरिकामा बस्ने नेपालीहरुले बाबुरामलाई भने, ‘मर्डरर गो ब्याक’
काठमाडौं । अध्ययनका लागि भन्दै अमेरिकाको टेक्सास पुगेका नयाँ शक्तिका संयोजक डा. बाबुराम भट्टराईले त्यहाँका नेपालीहरुबाट चिसो स्वागत पाएका छन् । पत्नी हिसिलासहित अमेरिका पुगेका भट्टराईले नेपालीहरुले कालो झण्डा देखाउँदै ‘हत्यारा बाबुराम नेपाल फर्क’ भन्ने नारा लगाए ।
प्रभात सापकोटा नामक फेसबुक प्रयोगकर्ताले बाबुरामको विरोधमा कालो झण्डा देखाइएको र नारा लगाइएको भिडियो सेयर गरेका छन् । नेपाली कांग्रेसप्रति आस्था राख्ने अमेरिकामा बसेर अध्ययन गरिरहेका नेपाली विद्यार्थीहरुले बाबुरामको विरोधमा यस्तो प्रदर्शन गरेको उल्लेख गरिएको छ ।
उनीहरुले ‘पूर्वआतकंवादी, १७ हजारका हत्यारा’ सम्बन्धी उत्तेजक नारा लगाएका थिए ।
बाबुराम अमेरिका अरु पनि सहरहरुको अध्ययन भ्रमण गर्दै छन् । यी भ्रमणका क्रममा थप विरोध हुने सम्भावना पनि बढेको छ ।