मुख्य समाचार

यस्ताे छ रहस्य केयूका उपकुलपति माकाजुले शर्मालार्इ नयाँ रजिष्ट्रार बनाउन खाेज्नुकाे !

यस्ताे छ रहस्य केयूका उपकुलपति माकाजुले शर्मालार्इ नयाँ रजिष्ट्रार बनाउन खाेज्नुकाे  !

काठमाडाैं । काठमाडौं विश्वविद्यालय (केयू)का रजिष्ट्रार डा. भोला थापाले राजीनामा दिएसँग नयाँ रजिष्ट्रारकाे खाेजी सुरु भएकाे छ । डा. थापाको राजीनामा स्वीकृत भएपछि नयाँ रजिष्ट्रार नियुक्तिको तयारी सुरु भएको हाे ।

 

नयाँ रजिष्ट्रारमा प्रा. डा. सुवोध शर्मालार्इ ल्याउन उपकुलपति प्रा. डा. रामकण्ठ माकाजुले मरिहत्या गरिरहेकाे उच्च स्राेत बताउँछ । शर्मा बरियता क्रममा ८अाैँ स्थानमा हाे।

 

सनियर ७ जना हुँदा हुँदै उपकुलपति माकाजुले केयूमा अाफूले गरेका पुराना कर्तुत लुकाउन अाफू निकटका शर्मालार्इ रजिष्ट्रार बनाउन खाेजेका उच्च स्राेतकाे दाबी छ ।

 

शर्मा डीनमा निक्युत भएकाे ८ महिना मात्र भयाे । बरियताक्रमकाे पहिलाे नम्बरमा रहेका केयूका परीक्षा नियन्त्रक डा. पन्ना थापा स्वतः रजिष्ट्रार बन्नु पर्ने हाे ।

 

तर, उपकुलपति माकाजुकाे वदनीयतका कारण न्युनतम योग्यता निर्धारण विना शर्मालार्इ रजिष्ट्रार बनाउन लागिकाे केयू उच्च स्राेतले जनाएकाे छ । यसअघि केयूका प्राध्यापकहरुले न्युनतम योग्यता निर्धारण गरेर मात्र रजिष्ट्रार नियुक्त गर्न माग गरेका थिए ।

 

उपकुलपति माकाजुले कसैकाे कुरा मानिरहेका छैनन् । शर्मासँग २ अाेटा नागरिकतासमेत रहेकाे अाशंका गरिएकाे छ । तर, पनि उपकुलपति माकाजुले उनलार्इ नै रजिष्ट्रार बनाउन प्रधानमन्त्री  कार्यालय धाउन थालेका छन् ।

 

विश्वविद्यालयको एकेडेमिक क्षेत्रमा ध्यान नदिएको तर तत्कालीन आवश्यकता भन्दा बाहिरका कुरामा ध्यान दिएको भन्दै शिक्षकहरुले उपकुलपतिको आलोचना गर्दै आएका थिए ।

 

उपकुलपति माकाजुले पाठ्यक्रममा ध्यान नदिँदा हालै विद्यार्थी भर्ना कम भएपछि केयूको इतिहासमै पहिलोपटक पुनः भर्ना आह्वान गर्नुपरेको थियाे ।

 

उनकाे यही चरित्रका कारण निवर्तमान रजिष्ट्रार डा. भोला थापाले राजीनामा दिएका थिए । फेरि पनि उपकुलपति माकाजु विश्वविद्यालयको एकेडेमिक क्षेत्रमा ध्यान दिनु भन्दा अाफ्नाे निजी स्वार्थ पुर्ती गर्न लागेकाे याे घटनाले पुष्टी गरेका छ ।

काठमाडौँ विश्वविद्यालय प्रा. डा. सुवोध शर्मा डा. भोला थापा

विशेष