मुख्य समाचार

राष्ट्रियसभामा मौलिक हक सम्बन्धी चार विधेयक प्रस्तुत

राष्ट्रियसभामा मौलिक हक सम्बन्धी चार विधेयक प्रस्तुत

काठमाडौँ  । राष्ट्रियसभाको आजको बैठकमा मौलिक हक सम्बन्धी विभिन्न चार विधेयक प्रस्तुत गरिएको छ । 

राष्ट्रियसभाका सचिव राजेन्द्र फुँयालले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त ‘वैयक्तिक गोपनियताका सम्बन्धी विधेयक, २०७५’, ‘जातीय भेद्भाव तथा छुवाछुत(कसुर र सजाय) (पहिलो संशोधन) विधेयक, २०७५’, ‘अनिवार्य तथा निःशुल्क शिक्षा सम्बन्धी विधेयक, २०७५’ र ‘सामाजिक सुरक्षा विधेयक, २०७५’ प्रस्तुत गरेका हुन् । 


विशेष समय

प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा सांसद योगेश भट्टराईले नेपाल र चीन बीचमा भएको पारवहन तथा यातायात सम्झौतासम्बन्धी प्रोटोकलमा भएको हस्ताक्षरले नेपाली अर्थतन्त्रलाई माथि उठाउने विश्वास व्यक्त गरे । 

 

उनले नेपाल र चीन बीचका ६ वटा नाकामार्फत् आगामी दिनमा नेपालको व्यापार सहज हुने चर्चा गर्दै यसले कुटनीतिक सम्बन्धलाई पनि नयाँ उचाइमा पुर्‍याउने विश्वास व्यक्त गरे । 

 

सांसद दिव्यमणि राजभण्डारीले उपराष्ट्रपतिको कार्यालय सामाजकल्याण परिषद् कार्यालयमा सार्न नहुने धारणा व्यक्त गरे । सांसद चन्दा चौधरीले महिला र बलात्कार हिंसाका घटना वृद्धि भएकोमा चिन्ता व्यक्त गर्दै ऐन र नियम संशोधन गरी बलात्कारीलाई मृत्युदण्ड सजाय दिनुपर्ने माग गरे ।

 

 सांसद प्रदीप यादवले निजगढ विमानस्थलको निर्माण छिट्टो शुरु गर्न सरकारको ध्यानाकर्षण गराए । 

 

सांसद प्रेम सुवालले नेपाल मेडिकल काउन्सिलको कामलाई पारदर्शी बनाउन माग गरे । सांसद छक्कबहादुर लामाले शिक्षक सेवा आयोगको परीक्षा केन्द्र हुम्लाको सिमिकोटमा सञ्चालन गर्न माग गरे ।

 

 सांसद मैनाकुमारी भण्डारीले हालैको वर्षात्को बाढी र पहिरोले बागलुङ जिल्लाका विभिन्न स्थानामा क्षति पुगेकाले तत्काल जोखिममा रहेका बस्ती सार्न सरकारको ध्यानाकर्षण गराए । सांसद दुर्गा पौडेललले बलात्कारपछि हत्या गरिएकी निर्मला पन्तको हत्यारा छिटो सार्वजानिक गर्न सरकारको ध्यानाकर्षण गराए । 
 

राष्ट्रियसभा

विशेष