मुख्य समाचार

बन्दको त्रास फैलाउन उदयपुरको दुई ठाउँमा बम भेटियो

बन्दको त्रास फैलाउन उदयपुरको दुई ठाउँमा बम भेटियो

उदयपुर । कटारी नगरपालिकाको कटारी बजारको दुई स्थानमा बम फेला परेको छ । कटारी बजारको शुभकामना चोक र बजारदेखि पाँच किलोमिटर टाढा मरुवामा बम फेला परेको हो । 

 

बिहान ३ बजे बजारमा फेला परेको बमलाई बम डिस्पोजल टोलीले निष्क्रिय पारेको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी नायव उपरीक्षक मेघराज अधिकारीले जानकारी दिए । मरुवामा फेला परेको बम डिस्पोज गर्नका लागि लागि सेनाको टोली जाने तयारीमा रहेको बताए।

 

नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता प्रकाण्डको गिरफ्तारीको विरोधमा पार्टीले आइतबार जिल्ला बन्दको घोषणा गरेको थियो । बन्दको त्रास फैलाउन बम राखेको हुनसक्ने प्रहरीको अनुमान छ । 

 

पार्टीले प्रेस विज्ञप्ती जारी गर्दै नेकपाका नेता कार्यकर्तामाथिको धरपकड दमन र झुठा मुद्दा खारेज गराउन उदयपुर बन्दको घोषणा गरेको छ । बन्दले बजार, विद्यालय, लामो तथा छोटो दुरीका सवारी साधन बिहानदेखि नै ठप्प रहेको छ । 

कटारी नगरपालिका कटारी बजार

विशेष