मुख्य समाचार

सुदूरपश्चिम पछि पर्‍यो भनेर गीत मात्रै गाएर हुँदैन, विकसित पनि बनाउनु पर्छ-  प्रधानमन्त्री

सुदूरपश्चिम पछि पर्‍यो भनेर गीत मात्रै गाएर हुँदैन, विकसित पनि बनाउनु पर्छ-  प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रदेश नम्बर सात (साविक सुदूरपश्चिम)लाई सुन्दर र विकसित बनाउनुपर्ने बताएका छन् । सुदूरपश्चिमाञ्चल विश्वविद्यालयको सातौं विश्वविद्यालयसभाको आइतबार बालुवाटारमा उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् ।

 

 

उनले प्रदेश नमबर सात विकासमा पछि पर्यो भनेर सधैँ गीत मात्र गाएर अघि नबढ्ने प्रधानमन्त्री ओलीको भनाई छ । प्रधानमन्त्री ओलीले भने, ‘प्राकृतिक स्रोतले भरिपूर्ण सुदूरपश्चिमका सम्भावना धेरै छन् । यो क्षेत्रमा आवश्यक पर्ने कृषि, इन्जिनियरिङ्ग, प्राविधिक जनशक्ति आदि सुदूरपश्चिमाञ्चल विश्वविद्यालयले उत्पादन गर्नुपर्दछ ।’

 

 

उनले शिक्षामा एक वर्ष भित्र संख्यात्मक मात्र होइन गुणात्मक परिवर्तन हुने बताए । प्रधानमन्त्री ओलीले सरकारले हरेक पक्षमा परिणाम हेर्ने बताए । विश्वविद्यालयका कुलपति समेत रहेका प्रधानमन्त्री ओलीले विश्वविद्यालयका सम्बन्धमा उठेका विभिन्न गुनासाहरुका सम्बन्धमा छानबिन गर्नका लागि दुईवटा समिति गठन गरेका छन् ।

 

 

विश्वविद्यालयमा समायोजन भएका आंगिक क्याम्पसको अवस्था बुझ्न राष्ट्रिय योजना आयोगका सदस्य उषा झाको नेतृत्वमा र आर्थिक विषयमा उठेका गुनासाका विषयमा छानविन गर्न अर्थ मन्त्रालयका सचिवको नेतृत्वमा एक समिति गठन गरिएको हो । दुवै समितिले १५ दिन भित्र प्रतिवेदन विश्वविद्यालयका कुलपति एवं प्रधानमन्त्रीलाई बुझाउन निर्देशन दिइएको छ ।

सुदूरपश्चिम सुदूरपश्चिमाञ्चल विश्वविद्यालय केपी शर्मा ओली प्रदेश नम्बर सात

विशेष