मुख्य समाचार

टेलिभिजनमा अन्तर्वाता दिदादिदै प्राण त्यागिन् यी प्रोफेसरले (भिडियोसहित)

टेलिभिजनमा अन्तर्वाता दिदादिदै प्राण त्यागिन् यी प्रोफेसरले (भिडियोसहित)

काठमाडौं । मान्छेले जन्मेपछि एक पटक पर्नै पर्छ । मात्र ढिलो चाँडोको कुरा हो । मान्छेको मृत्यु एकनासको हुँदैन । कुनै व्यक्तिमने मृत्यु निकै कष्टपूर्ण हुन्छ भने कसैको मृत्युको खबर सुन्दा पनि चकित परिन्छ ।

 

 

यस्तै घटनाले अहिले सामाजिक सञ्जाल तातेको छ । भारतको जम्मू कश्मिरकी एक प्रोफेसरको मृत्युको खबरले सामाजिक सञ्जाल तातेको हो ।

 

कश्मिरको दूरदर्शन टेलिभिजनको ‘गुडमर्निङ जे एण्ड के’ नामक लाइभ कार्यक्रममा अन्तर्वाता दिदादिदैं प्रोफेसर तथा प्रसिद्ध लेखक रीता जितेन्दरको निधन भएको छ । 

 

भिडियो हेर्न यहाँ क्लिक गर्नुस्

टेलिभिजन कार्यक्रममा उनले शान्त तरिकाले अन्तर्वार्ता दिइरहेको देखिन्छ । प्रोफेसर जितेन्दर आफूले जीवनमा गरेका प्रगतीबारे बताइरहेकी थिइन् । त्यहि क्रममा अचानक उनी बीचमै रोकिइन्, र अनौठो आवाजसहित सास फेर्न थालिन् । उनी अन्तर्वाता दिदैं गरेको कुर्सीमै बेहोस भइन् । 

 

 

कार्यक्रममा प्रस्तोता जहिद मुख्तरले कार्यक्रम बन्द गरेर तुरुन्तै प्रोफेसर जितेन्दरलाई अस्पताल पुर्याएका थिए । तर, उनलाई अस्पताल पुर्याएको एक छिनमै चिकित्सकले मृत घोषणा गरेका थिए । 

 

 

सो टेलिभिजन कार्यक्रममा अन्तर्वाता दिनुअघि प्रोफेसर जितन्दरले आफ्नो मृत्यु भारतका पूर्व राष्ट«पति एपीजे अब्दूल कलामको जस्तो होस् भन्ने चाहना राखेको भारतीय सञ्चार माध्यमले उल्लेख गरेका छन् । 

 


पूर्वराष्ट्रपति कलामले पनि काम गर्दा गर्दै देह त्याग गरेका थिए । टेलिभिजन कार्यक्रम उत्पादक तनवीर मिरले दूरदर्शन टेलिभिजनको इतिहासमै पहिलो पटक यस्तो अनौठो घटना भएको बताएका छन् । -एजेन्सी

प्रोफेसर रीता जितेन्दर जम्मू कश्मिर दूरदर्शन टेलिभिजन

विशेष