खेल मुख्य समाचार

नेपालले दियो अफगानिस्तानलाई १९० रनको लक्ष्य

नेपालले दियो अफगानिस्तानलाई १९० रनको लक्ष्य

काठमाडौं ।  भारतको लखनउमा जारी उन्नाइस वर्षमुनिको एक दिवसीय क्रिकेट सिरिजअन्तर्गत आजको तेस्रो खेलमा नेपालको यू-१९ टोलीले अफगानिस्तानलाई १९० रनको चुनौती दिएको छ । 

 


एकाना अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशलामा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले ४९ दशमलव ३ ओभरमा सबै विकेट गुमाउँदै १८९ रनको योगफल बनायो । 

 

नेपालका लागि पवन सर्राफले ७८ रन जोडे । जम्मा ९६ बल खेलेका उनले एक छक्का र १० चौकाको मद्दतमा ७८ रन बनाएका हुन । त्यसैगरी सन्दीप जोराले २८, रसिद खानले २४, लोकेश बामले १६ तथा भीम सार्कीले १३ रनको योगदान दिए । 

 

 

बलिङतर्फ अफगानिस्तानका मोहम्मद कविरले तीन विकेट लिए भने अबिद मोहमदी र अरिफ खान दवलतजाईले २÷२ विकेट लिए । अफगानिस्तानले अहिले ब्याटिङ गरिरहेको छ । उसले नौ ओभरमा एक विकेट गुमाउँदै ४० रन बनाएको छ । अफगानिस्तानले २० ओभरमा ४ विकेट गुमाउँदै ५८ रन बनाएको छ । 

अफगानिस्तान एक दिवसीय क्रिकेट सिरिज यू-१९ टोली

विशेष