मुख्य समाचार

सौर्य एयरलाइन्सकाे जहाज ठूलो दुर्घटनाबाट जोगियो

सौर्य एयरलाइन्सकाे जहाज ठूलो दुर्घटनाबाट जोगियो

विराटनगर । चरा ठोक्किएको सौर्य एयरलाइन्सको जहाज ठूलो दुर्घटनाबाट जोगिएको छ । काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट विराटनगरतर्फ आउने क्रममा सोमबार विहान जहाजमा चरा ठोक्किएको थियो ।

 

 

चरा ठोक्किएका कारण बायाँ पङ्खामा सामान्य क्षति भएको उक्त जहाज विराटनगर विमानस्थलमा अवतरण भएपछि ग्राउन्डेड भएको नेपाल नागरिक उड्यन प्राधिकरण विराटनगर क्षेत्रीय शाखाका निमित्त प्रमुख सन्तोष ढकालले जानकारी दिए ।

 

 

विमान २ दिन विराटनगरमा नै ग्राउण्डेड हुने र पूर्ण रुपमा मर्मत भएपछि नियमित उडान गरिने विराटनगर स्टेशन प्रमुख पौडेलले बताए । 

 


ग्राउन्डेड विमानको मर्मतमा इन्जिनियरहरु खटिएका छन् । सौर्य एयरलाइन्सको विमान उन्डेड भएपछि विराटनगरबाट काठमाडौं हुने चारवटा फ्लाइट अवरुद्ध भएको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सौर्य एयरलाइन्स

विशेष