खेल

‘भद्रगोल’का सीतेबाले ब्याडमिन्टन प्रतियोगिता गर्दै, धुर्मुस-सुन्तली पनि भिड्ने

‘भद्रगोल’का सीतेबाले ब्याडमिन्टन प्रतियोगिता गर्दै, धुर्मुस-सुन्तली पनि भिड्ने

काठमाडौं । चर्चित हाँस्य टेलिश्रखला ‘भद्रगोल’का कलाकार सीतेबा उर्फ मधुसुदन पाठकले तेस्रो संस्करणको योनेक्स सनराइज जेष्ट राष्ट्रिय खुल्ला ब्याडमिन्टन प्रतियोगिता गर्ने भएका छन् ।

 

 

पाठक अध्यक्ष रहेको जेष्ट ब्याडमिन्टन एकेडेमीले सोमबार पत्रकार सम्मेलनको आयोजना गर्दै तेस्रो संस्करणको प्रतियोगिता असोज ३ गतेदेखि ७ गतेसम्म हुने जानकारी गराएको हो । उनले प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको बताए।

 


धुर्मुस-सुन्तली फाउण्डेसनका अध्यक्ष सीताराम कट्टेल र कुञ्जना घिमिरेले संयुक्तरुपमा ब्याटमिन्टनको उद्घाटन गर्नुका साथै दुवैजनाले ब्याटमिण्टन खेल्ने पाठकले बताए । 

 

 

पत्रकार सम्मेलनमा बोल्दै सीतेबाले आफ्नो खेलप्रतिको रुची र प्रेमले प्रतियोगिताको आयोजना गरिएको बताए । प्रतियोगिता असोज ३ गते एकेडेमीको हल बसुन्धरामा हुनेछ ।

भद्रगोल मधुसुदन पाठक योनेक्स सनराइज राष्ट्रिय खुल्ला ब्याडमिन्टन प्रतियोगिता तेस्रो संस्करण

विशेष