उदयपुरमा जीप दुर्घटनाः २ जना अष्ट्रेलियन नागरिकको मृत्यु

उदयपुर । जिल्लाकाे कटारी नगरपालिका-१४ घुर्मीमा जीप दुर्घटना भएको छ । जिल्ला प्रहरी कार्यालय उदयपुरका डीएसपी मेघराज अधिकारीका अनुसार काठमाडौंबाट कटारी हुँदै ओखलढुंगातर्फ जाँदै गरेको ना १ ज ८९६९ नम्बरको टाटा सुमो साेही नगरपालिकामा दुर्घटना हुँदा २ अष्ट्रेलियन नगरिकको मृत्यु भएको हो ।
दुर्घटनामा अष्ट्रेलियन नागरिक ६५ वर्षीया हुसो कान्तको घटनास्थलमै र ७० वर्षीय हुसेक रुडालको उपचारका क्रममा ज्यान गएको डीएसपी अधिकारीले जानकारी दिए ।
दुर्घटनामा अन्य ७ जना घाइते भएका छन । घाइतेमध्ये एक जनाको स्थानीय क्लिनिकमा उपचार भैरहेको छ भने अन्य ७ जनाको उद्धार गरि उपचारका लागि काठमाडौं लगिएको डीएसी अधिकारीले जानकारी दिए ।
कटारी नगरपालिका उदयपुर जीप दुर्घटना अष्ट्रेलियन नागरिक