मुख्य समाचार

गृहमन्त्री भन्छन्, ‘मदिरा र इन्टरनेटले महिला हिंसा बढायो’

गृहमन्त्री भन्छन्, ‘मदिरा र इन्टरनेटले महिला हिंसा बढायो’

काठमाडौं । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ ले इन्टरनेट, लागूपदार्थ र मदिराको गलत प्रयोगका कारण महिला हिंसाका घटना बढेको बताएका छन् । 

 

 

सोमबार राष्ट्रिय मानवअिधकार आयोगका अध्यक्ष अनुपराज शर्मासहितका पदाधिकारीसँगको छलफलमा उनले महिला हिंसा न्यूनीकरण गर्न सरकारले तीनीहरुको प्रयोगमा कडाई सुरु गरेको बताए ।

 

 

गृहमन्त्री थापाले महिला हिंसा र बलत्कारका घटना न्युनीकरण गर्न विशेष कार्यक्रम ल्याउने पनि बताए । उनले कञ्चनपुरकी बालिका निर्मला पन्तको हत्या र बलात्कारको घटनाबाट आफू दुखित भएको भन्दै सो घटनाका दोषीलाई कारवाहीको दायरामा ल्याई छाड्ने प्रतिवद्धता व्यक्त गरे ।

 

 

आफूले गृहमन्त्रालय सम्हालेपछि विगतमा रहेको चन्दा आतंक, विस्फोट, गुण्डागर्दी, तस्करी नियन्त्रणमा आएको बताउँदै गृहमन्त्री थापाले यस्तो कार्यमा आयोगले समेत साथ दिनुपर्ने बताए ।

 

 

मानव अधिकार आयोगमा भएको छलफलमा अध्यक्ष शर्माले कञ्चनपुर घटनाको छानविनको अवस्थाबारे जिज्ञासा राख्दै सो घटनामा प्रहरीको भूमिका फितलो देखिएको गुनासो गरेका थिए ।

रामबहादुर थापा ‘बादल’ महिला हिंसा राष्ट्रिय मानवअिधकार आयोग

विशेष