व्यापार कर्पोरेट ओटोमोबाइल

लौ हेर्नुस् यस्ता छन् नयाँ मोडेलका कार (भिडियोसहित)

लौ हेर्नुस् यस्ता छन् नयाँ मोडेलका कार (भिडियोसहित)

काठमाडौं : नाडा अटो शो–२००१८ धेरै ग्राहकहरूको मनमस्तिष्क जितेर सम्पन्न भएको छ । नाडा अटो शोमा राखिएका कार तथा मोटरसाइकलहरूको मोडेल निकै आकर्षक थिए । ती आकर्षक नयाँ मोडेलमध्ये हामीले केही कार तथा मोटरसाइकलका विशेषताबारे यहाँ चर्चा गरेका छौं । 


टाटा मोटर्सको ‘नेक्सन’


टाटा मोटर्सले पछिल्लोपटक विश्वबजारमा ल्याएको नेक्सन कार नाडा अटो शोको धेरैको आकर्षणमा पर्न सफल भएको छ । डिजेल इन्जिनको यो कार स्पोटर्स मोडेलमा भएकाले शो अवलोकनार्थ आएका आगन्तुकले निकै उत्साहका साथ जिज्ञासाहरू राखेका थिए । यस्तै टाटाले जेस्ट, टियागो मोडेललगायत कार शोमा राखेका छन् ।

 

स्कोडा ‘कोडियाक’ 


नाडा अटो शोमा एमएडव्ल्यु इन्टरप्राइजेजले स्कोडाको पहिलो एसयुभी कोडियाक कार नेपाली बजारमा ल्याएको छ । २ दशमलव ० लिटर फोर सिलिन्डरको इन्जिन भएको सात सिटरमा सेभेन स्पिड डिएसजी अटोमेटिक गियर बक्स छ । कोडियाकको डिजेल इन्जिनले अधिकतम १ सय ४८ बिएचपी शक्ति र ३ सय ४० एनएम टर्क उत्पन्न गर्छ । स्कोडा कोडियाकमा एलो ह्विल ड्राइभ र वर्ग वार्नर अन डिमान्ड ४ बाई ४ सिस्टम छ । यसको मूल्य करिब १ करोड ४९ लाख पर्ने बताइएको छ ।


होन्डा ‘अमेज’


स्याकार कम्पनीले होन्डाको सेडान कार अमेज नाडा अटो शोमा राखेको छ । सेकेन्ड जेनेरेसन यो कार एसएमटी मोडल नेपाली बजारमा उपलब्ध छ । यसको मूल्य ३५ लाख ६५ हजार पर्नेछ ।


टोयोटा ‘रस’

 
टोयोटाको नयाँ एसयुभी रस नेपाली बजारमा चितपरिचित कार हो । नेपालका लागि टोयोटाको आधिकारिक बिक्रेता युनाइटेड ट्रेडर्स सिन्डिकेटले केही समय अघिमात्रै नेपाली बजारमा ल्याएको यसलाई नै टोयोटाले आफ्नो पेभिलिएनको आकर्षणको केन्द्रबिन्दु बनाएको छ । रसमा १.५ लिटरको फोर सिलिन्डर पेट्रोल इन्जिन जसले १ सय ५ एचपी पावर र १ सय ४० एनएम टर्क प्रदान गर्छ । यो फाइभ स्पिड म्यानुअल र फोर स्पिड अटोमेटिक ट्रान्समिसनमा उपलब्ध छ ।

 

जिप–कोम्पास


एमएडव्ल्यु इन्टरप्राइजेजले नाडा अटो शोमार्फत अमेरिकी जिप कम्पनीको कार पहिलोपटक नेपालमा बजारमा ल्याएको छ । स्पोट्र्स युटिलिटी भेहिकल (एसयुुभी) कारलाई सबैले जिप भन्ने गरेको कम्पनीले जनाएको छ । कोम्पासको राजधानीको नक्सालमा शोरुम रहेको छ ।

 

कियाको विद्युतीय कार

 
नाडा अटो शोलाई लिएर कियाले भर्खरैमात्र बजारमा ल्याएको नयाँ विद्युतीय कारको २ सय १२ किलोमिटर रेन्ज रहेको छ । यो एकपटक चार्ज गर्दा २ सय १२ किलोमिटर कुदछ । कारसँगै घरमा १० एम्पिएर क्षमताको मिटरबाट चार्ज गर्न मिल्ने चार्जर पनि आउँछ । नेपालमा पहिलोपटक ‘डिसी फास्ट्’ चार्जर प्रणाली भित्र्याउने पनि किया कम्पनी पहिलो हो । कियाले पहिलोपटक पृथ्वी राजमार्गको कुरिनटारमा उक्त चार्जर राखेको छ । बुटवल नारायणघाट, भैरहवा, पोखराको हाइवेमा पनि उक्त डिसी फास्ट चार्जर व्यवस्था गरिएको छ । कियाले बर्दिवासमा पनि छिट्टै उक्त प्रणाली स्थापना गर्दैछ । उक्त प्रणालीबाट ब्याट्री चार्ज गर्दा ३० मिनेट मात्र लाग्छ । घरमा चार्ज गर्ने हो भने सातदेखि आठ घन्टा लाग्छ । कारमा ६ वटा  एअरब्याग छ, सन रुफ र जेभियरको म्युजिक सिस्टम छ, त्योसँगै अगाडिको दुईटा सिट हिटिङ र कुलिङ हुन्छ । यो कारको मूल्य ५८ लाख छ, नाडाका लागि ३ लाख छुटको व्यवस्था गरिएको  छ । कियाको विद्युतीय कार शो रुम नारायणहिटी राजदरबारको उत्तरढोकामा छ । ब्याट्रीमा ७ देखि ८ वर्षको वारेन्टी छ, कर एकदमै न्यून छ ।
 
भक्सवागनको पोलो
 
पोलो १०० सिसी १.२ र १.६ कोभन्दा इन्टेरियर र एक्स्टेरियरमा धेरै फरक छैन, तर सिसी र प्राइस कम गरेर नेपालको बजारमा ल्याएको हो । ग्राहकले औधी मन पराएकाले पोलो थप २ सय ५३ वटा आउँदै छ । २० वटा त आँखा झिमिक्क नगर्दै बिक्री भएको सेल्स म्यानेजर अविनाश उप्रेती बताउँछन् । 
पोलोको नन अप्सनमा पनि एअर ब्याग एसी, पावर एबिएर, पावर विन्डोज सबै सुविधा छ । फूल अप्सनमा टच स्क्रिन, माइलेज एकदम राम्रो छ । १ लिटर डिजेलले सिटीमा १६–१७ र हाइवेमा २२–२३ किलोमिटर दिन्छ । पार्टसहरू जहाँपनि पाइन्छन् । ग्राउन्ड क्लियरेन्स एकदमै राम्रो छ ।

 

शोको थप आकर्षण ‘ट्राफिक सूचना केन्द्र’
 

नाडा अटो शोमा ट्राफिक प्रहरीले सडक सुरक्षा र ट्राफिक नियमबारे आगन्तुकहरूलाई सूचना प्रवाह गरेका छन् । केन्द्रबाट सामान्य ट्राफिक नियमसँगै भिडियोमार्फत ट्राफिक सचेतनाबारे जानकारी दिइएको छ । केन्द्रले सवारीधनीहरूलाई अवैधानिक पार्किङ हटाउन र मेटिएको नम्बर प्लेट चेक गर्न सल्लाह दिएका छन् । 
ट्राफिक प्रहरीले जनचेतनामूलक पर्चा पम्पलेटबाहेक मोबाइल स्टिकर, ट्राफिक नियम पालना गरौँ, ट्राफिक नियम जानौँ पनि मानौँ पनि, हतार गरे यात्रामा, परिएला खतरामा, मादकपदार्थ सेवन गरेर यात्रा नगरौँ भन्ने स्लोगानसहितका शान्ति स्टिकर तयार आगन्तुकहरूलाई वितरण गरेका थिए ।  

 



 


विभिन्न कार बिक्रेता कम्पनीले नाडा अटो शोमा प्रदान गरेको छुट व्यवस्था :

 

फोर्ड

फोर्डले शोमा ६ वटा मोडेलका गाडी राखेको छ । फोर्डले मेलामा गाडीसँगै ‘फोर्ड फेस्टिभल अफर’ समेत ल्याएको छ । यो अफरअन्तर्गत फोर्डका सवारीसाधन किन्नेले न्यूनतम ७० हजारदेखि १ लाख ७५ हजार रुपैयाँसम्म छुट पाउन सक्नेछन् । साथै, शोमा बुक गर्नेले १५ हजार रुपैयाँको उपहारसमेत पाउने छन् । फेस्टिभल अफरमा ५ जोडीका लागि स्विट्जरल्यान्डमा ४ रात ५ दिनको टुर अफर पनि रहेको छ ।

यसैगरी, मेक बुक प्रो, सामसङ ग्यालेक्सी एस ९ प्लस, वान प्लस सिक्स,४० इन्चको सामसुङको एलइडी टिभी र ९.७ इन्चको आइप्याडसमेत उपहार दिने भएको छ । फोर्डले फिगोका ५ वटा भर्जन ल्याएको छ । जसको मूल्य २६ लाख ९९ हजारदेखि ३५ लाख ९९ हजार रुपैयाँसम्म रहेको छ । यस्तै, एस्पायरमा ९ वटा भर्जन रहेको छ । जसको मूल्य २६ लाख ९० हजारदेखि ३८ लाख ९० हजार रुपैयाँसम्म छ । फोर्डकै फ्रि स्टाइलका ८ वटा भर्जनको मूल्य २७ लाख ९९ हजार रुपैयाँदेखि ३६ लाख ९९ हजार रुपैयाँसम्म पर्नेछ । 
 
फोर्डका गाडीमध्ये उपभोक्ताको रोजाइमा परेको इको स्पोर्ट पनि हो । यसको १३ वटा भर्जन छन् । १३ वटाको मूल्य ३५ लाख ९० हजारदेखि ५० लाख ९० हजार रुपैयाँसम्म रहेको छ ।  इको स्पोर्टको अर्को भर्जन टे«न्डको मूल्य ३८ लाख ९९ हजार रुपैयाँ रहेको छ । यो गाडी शोको अवधिमा लिनेले २ लाख १० हजार रुपैयाँ छुट पाउनेछ । यस्तै, टाइटानेमको मूल्य ४२ लाख ९० हजार रुपैयाँ छ । शोमा १ लाख ६० हजार रुपैयाँ छुट दिइएको छ । फोर्डकै इन्डेभरको २ वटा भर्जन रहेका छन् । 

स्कोडा 

 
स्कोडाले पनि नाडा अटो शोमा आकर्षक अफर ल्याएको छ । १ करोड ४९ लाख रुपैयाँ पर्ने कोडियाक खरिदमा ५ लाख रुपैयाँ छुट पाइनेछ । अर्को ४७ लाख ४५ हजार रुपैयाँ पर्ने ¥यापिडमा पनि ३ लाख छुट पाइनेछ । 
 
ड्याटसन
 
ड्याटसन कम्पनीले पनि अटो शोमा कार बुक गर्नेलाई विशेष छुटको योजना ल्याएको छ । मेलामा रहेको ‘ड्याटसन गो’ को इलेक्ट्रिक पावर स्टेरिङ भएको कारको मूल्य २४ लाख २९ हजार रुपैयाँ छ । यसमा छुट १ लाख ७५ हजार रुपैयाँ रहेको छ । यस्तै, २७ लाख ४९ हजार रुपैयाँ पर्ने ‘गो प्सल’ मा २ लाख छुट हुनेछ । यता, ‘रेडी गो टी ०.८’ को मूल्य १८ लाख ४५ हजार र एस ०.८ को १९ लाख २५ हजार रुपैयाँ तोकिएको छ ।

शोमा यी कार बुक गर्दा १ लाख २५ हजार छुट दिइएको छ । यस्तै, ‘रेडी गो टी १.०’ को मूल्य १९ लाख ९९ हजार रहेको छ भने एस १.० को मूल्य २० लाख ५९ हजार तोकिएको छ । शोमा यी कारमा क्रमशः १ लाख ४० हजार र १ लाख २५ हजार छुट पाइने छ । यस्तै, ‘रेडी गो टी १.०’ को मूल्य १९ लाख ९९ हजार र एस १.० को मूल्य २० लाख ५९ हजार रहेको छ । शोमा यी गाडीको मूल्यमा १ लाख ४० हजार छुट छ । 
 
रेनल्ट 
 
रेनल्टले शोमा फरक फरक ४ वटा मोडेलका कार ल्याएको छ । क्विडको ६ वटा भर्जनको मूल्य २२ लाख २४ हजार ५ सय ३३ रुपैयाँदेखि २४ लाख ५८ हजार ५ सय ५६ रुपैयाँसम्म छ । यी सबै भर्जनमा १ लाख ४० हजार रुपैयाँ छुट दिइएको छ । रेनल्ट डस्टरको ७ वटा भर्जन रहेका छन् । यसको मूल्य ३७ लाख ७८ हजार ३ सय ६ रुपैयाँदेखि ५८ लाख ६२ हजार ५ सय ५३ रुपैयाँ पर्नेछ । यसको ७ वटै भर्जनमा १ लाख ४० हजारदेखि २ लाख ४० हजार रुपैयाँसम्म छुट पाइने कम्पनीले जनाएको छ ।
 
यसैगरी, रेनल्ट लजीको ३ वटा भर्जनको मूल्य ४५ लाख ५ हजार ५ सयदेखि ५६ लाख ६७ हजार रुपैयाँसम्म अन्तर रहेको छ । जसमा २ लाख ४० हजारदेखि ४ लाख ७५ हजार रुपैयाँसम्म दिइएको छ । यस्तै, ४५ लाख ५ हजार ५ सयदेखि ५६ लाख ६७ हजार रुपैयाँसम्म मूल्य रहेको रेनल्ट जिओमा २ लाख ४० हजारदेखि ४ लाख ७५ हजार रुपैयाँसम्म छुट छ । यस्तै, रेनल्ट क्याप्चरमा १ लाख १० हजारदेखि २ लाख ७० हजार रुपैयासम्म छुट दिइएको छ । 
 
टाटा    
 
टाटाले टियागोमा ३ लाख ५० हजार छुट दिएको छ । टियागोका ३ वटा भर्जनको मूल्य २४ लाख ९५ हजारदेखि ३१ लाख ५५ हजार रुपैयाँसम्म तोकिएको छ । टाटा जेस्टको मूल्य ३२ लाख ५५ हजारदेखि ३४ लाख ५५ हजार रुपैयाँसम्म राखिएको छ । तर नाडा अटो शोमा भने ३ लाख ५० हजार छुट छ । यसैगरी, टाटा नेक्सनतर्फ १० वटा भर्जन रहेको छ । जसको मूल्य ३४ लाख ९५ हजारदेखि ४७ लाख ९५ हजार रुपैयाँसम्म पर्न आउँछ । मेलामा भने यो गाडीमा २ लाख ५० हजार छुट दिइएको छ । टाटाको सबैभन्दा महँगो हेक्साको मूल्य भने ९१ लाख ५५ हजार मूल्य पर्नेछ । यसमा २ लाख छुट रहेको छ ।
 
होन्डा

शोमा होन्डाले ४ मोडलका गाडी ल्याएको छ । ‘अमेज एसएमटी एन’ को मूल्य ३५ लाख ६५ हजार रहेको छ । मेलामा भने १ लाख २५ हजार छुट पाउन सकिने छ । ४३ लाख मूल्य रहेको ‘सिटी १.५ एसएमटी’ मा २ लाख छुट छ । यस्तै, ‘सिटी १.५ भि सिभिटी’ को मूल्य ५५ लाख २५ हजार मूल्य रहेको छ । तर शोमा २ लाख छुट दिइएको छ । अर्को ४३ लाख २५ हजार रुपैयाँ भर्ने ‘डब्लुआरभी १.२ भिएक्सएमटी’ मा पनि २ लाख नै छुट छ ।

भक्सवागन
 
भक्सवागनले शोमा ५ वटा मोडलका कार ल्याएको छ । पोलो १.० मा १ लाख ४५ हजार र पोलो १.६ मा १ लाख ९५ हजार छुट रहेको छ । भक्सवागनकै भेन्टोका ५ वटै भर्जनमा २ लाख २५ हजार छुट रहेको छ । जसको बजार मूल्य ३८ लाख ४५ हजारदेखि ४९ लाख ९५ हजार रुपैयाँसम्म छ । यस्तै, ७९ लाख पर्ने जेटामा ५ लाख छुट रहेको छ । ४ वटा भर्जन रहेको टिगुवानको मूल्य १ करोड ११ लाखदेखि १ करोड ३४ लाख रुपैयाँसम्म छ । तर यसमा ८ लाख छुट रहेको छ । फक्सवागन एमरक २.० मा पनि ८ लाख रुपैयाँ छुट रहेको छ । यसको बजार मूल्य ८२ लाखदेखि ९२ लाखसम्म रहेको छ । 
 
महिन्द्रा
 
अग्नि ग्रुपले महिन्द्रका ५ वटा मोडलका गाडी मेलामा ल्याएको छ । महिन्द्रा स्कोरपियो पिकअप एस–६ मा ४५ हजार र स्कोरपियो पिकअप एस १० मा ५५ हजार छुट छ । एक्सयुभिका ३ वटा भर्जनमा १ लाख ८० हजारदेखि २ लाख ४५ हजारसम्म छुट दिइएको छ । टियुभीका ३ वटा भर्जनको मूल्य ३९ लाख ९५ हजारदेखि ४४ लाख १० हजार रुपैयाँसम्म रहेको छ । यसमा छुट भने १ लाख २५ हजारदेखि १ लाख ६० हजारसम्म छ ।

 
हुन्डाई
 
हुन्डाईले शोमा विभिन्न ८ वटा मोडलका गाडी ल्याएको छ । जसको मूल्य १८ लाख ९६ हजारदेखि १ करोड २ लाख ९६ हजार रुपैयाँसम्म छ । हुन्डाई इओनको सबै भर्जनमा १ लाख २० हजार छुट दिइएको छ । यस्तै, ग्रान्ड एल १० एफएलको ५ वटै भर्जनमा १ लाख २० हजार छुट दिइएको छ । त्यस्तै, आई २० का ४ वटै भर्जनमा १ लाख २० हजार छुट रहेको छ । 

यता, आई २० एक्टिभ र क्रेटामा भने १ लाख ५० हजार छुट रहेको छ । एक्टिभको २ वटा भर्जनको मूल्यमा बेसको ३४ लाख ५६ हजार र एसको २७ लाख ९६ हजार छ । यस्तै, क्रेटाको ७ वटा भर्जन रहेका छन् । जसको मूल्य ४२ लाख ९६ हजारदेखि ५८ लाख ५६ हजारसम्म रहेको छ । 
हुन्डाई रहेका एक्सेन्ट र भर्नामा १ लाख ७० हजार छुट दिइएको छ । हुन्डाई टुसानका ४ वटा भर्जनमा ३ लाख छुट रहेको छ । यसको बजार मूल्य भने ८९ लाख ९६ हजारदेखि १ करोड २ लाख ९६ हजार रुपैयाँसम्म रहेको छ ।  
  
पुजिएट
 
पुजिएटले नयाँ मोडलका गाडी ल्याएको छ । शोमा सबै मोडेलका गाडीमा ५ लाख रुपैयाँ छुट दिइएको छ । यसको मूल्य ८२ लाखदेखि १ करोड ३८ लाख रुपैयाँसम्म रहेको छ । 
 
निशान 
 
निशानको ४ वटा मोडलका गाडी शोमा राखिएका छन् । निशान सन्नीमा ३ लाख रुपैयाँ र माइक्रामा १ लाख ७५ हजार रुपैयाँ छुट रहेको छ । ५५ लाख ३५ हजार मूल्य रहेको टेरानो खरिद गर्दा १ लाख ३५ हजार छुट पाइनेछ । ७४ लाख ५० हजार पर्ने निशान नाभारामा भने २ लाख ५० हजार रुपैयाँ छुट दिइएको छ ।
 
सुजुकी 
 
सुजुकीले शोमा ५ वटा मोडलका गाडी ल्याएको छ । सेलेरियो जेडएक्सआई को मूल्य २६ लाख ७९ हजार रहेको छ । मेलमा छुट भने १ लाख छ । यस्तै, ३५ लाख ९९ हजार मूल्य रहेको डिजायरमा १ लाख ५० हजार छुट रहेको छ । ३५ लाख ८९ हजार पर्ने बलेनोमा पनि १ लाख ५० हजार नै छुट पाइनेछ ।

साङयोङ
 
कोरियाली कार कम्पनी साङयोङले ५ वटा मोडलका गाडी ल्याएको छ । साङयोङ टिभोलीका २ वटा भर्जनमा १ लाख छुट रहेको छ । २ भर्जनमध्ये सेमी लोडेडको मूल्य ६१ लाख ९९ हजार र फुल्ली लोडेडको मूल्य ६९ लाख ९९ हजार रहेको छ । अर्को मोडल ‘एक्सएलभी’ तर्फ ४ वटा भर्जन रहेका छन् । जसको मूल्य ५८ लाख ९९ हजारदेखि ६७ लाख ९९ हजारसम्म रहेको छ । शोमा २ लाख रुपैयाँ छुट दिइएको छ । 
यस्तै ६२ लाख ९९ हजार रुपैयाँको एक्टन स्पोटर्समा २ लाख छुट रहेको छ । कोरान्डोका ४ वटा भर्जनको मूल्य ८६ लाख ९९ हजारदेखि ९९ लाख ९९ हजार रुपैयाँसम्म मूल्य तोकिएको छ । शोमा भने २ लाख ५० हजार छुट दिइएको छ । यस्तै, रेक्सटन सेमी लोडेड र फुल्ली लोडेड भर्जनको मूल्य क्रमशः १ करोड १३ लाख ९९ हजार र १ करोड २१ लाख ९९ हजार रुपैयाँ पर्छ । तर यसमा ५ लाख छुट रहेको छ ।

नाडा

विशेष