खेल

अफगानिस्तानसँग नेपाल ७१ रनले पराजित

अफगानिस्तानसँग नेपाल ७१ रनले पराजित

काठमाडौं । भारतको लखनउमा सम्पन्न यु-१९ एकदिवसीय सिरिजको तेश्रो स्थानको लागि भएको खेलमा नेपाल अफगानिस्तान यु-१९ संग ७१ रनले पराजित भएको छ।

 

 

अघिल्लो खेलमा अफगानिस्तानलाई पराजित गरेको नेपालले २५ रनले पराजित गरेको नेपालले प्ले(अफमा भने त्यही प्रदर्शनलाई निरन्तरता दिन सकेन। सिरिज अन्तर्गत नेपाल पहिलो खेलमा भारत यु-१९ ‘बि’ संग ४० रनले तथा भारत ‘ए’ संग ८ विकेटले पराजित भएको थियो।

 

 

लिग चरणको अंकतालिकामा कुनै पनि जित हात नपार्दै पुछारमा रहेको अफगानिस्थान र १ जित हात पारेको नेपाल तेश्रो स्थानको लागि प्ले-अफ खेलमा प्रतिस्पर्धा गरेका हुन्।

 

 

अफगानिस्तानले दिएको २४५ रनको लक्ष्य पछ्याउने क्रममा नेपाली युवा टिमले ४५ ओभरमा सम्पूर्ण विकेट गुमाएर १७३ रन मात्रै बनाउन सक्यो।

 

 

नेपाली माथिल्लो क्रमका ब्याट्सम्यानहरुले सुरुवात पाए त्यसलाई ठुलो स्कोरमा बदल्न तथा ठुलो साझेदारी गर्न सकेनन्। ओपनर रित गौतम १४, आसिफ शेख २५, अरुन ऐरि २४, सन्दिप जोरा ,१८  भिम शार्की १६, लोकेश बम २५, पवन सर्राफ २३ रन बनाएर आउट भए।

 

अफगानिस्तान बलर रियाज हसनले सर्वाधिक ४ विकेट लिए जुन क्रममा ९ ओभरमा ४२ रन खर्चिए।

नेपाल अफगानिस्तान

विशेष