मुख्य समाचार

मदिरा खाँदा मलेसियामा पाँच नेपालीसहित १५ जनाको मृत्यु

मदिरा खाँदा मलेसियामा पाँच नेपालीसहित १५ जनाको मृत्यु

काठमाडौं । मदिरा खाँदा मलेसियामा ४ नेपालीसहित १५ जनाको मृत्यु भएको छ। सेलान्गर प्रहरी प्रमुख कमाण्डर डाटुक मज्लन मन्सरका अनुसार ४ नेपालीसहित एक मलेसियन, एक बंगलादेशी र एक भारतीयको परिचय खुलेको छ भने अन्यको सनाखत हुन सकेको छेन। 

 

 

स्थानीय प्रहरीले उनीहरुको मृत्यु विषाक्त मदिरा सेवनका कारण भएको आशंका गरेको छ। यद्यपी अहिलेसम्म पोस्टमार्टम रिपोर्ट आएको छैन्। 

 

 

मदिरा पिएका अन्य ३३ जनालाई अस्पताल भर्ना गरी उपचार सुरु गरिएको छ। जसमा अधिकांश नेपाली रहेको मलेसियन सञ्चारमाध्यमले जनाएका छन्।

नेपाली मलेसिया विषाक्त मदिरा

विशेष