मुख्य समाचार

धावनमार्गमा धाँजा परेपछि विमान आकाशमै

धावनमार्गमा धाँजा परेपछि विमान आकाशमै

काठमाडौं । धावनमार्ग (रनवे) मा सामान्य धाँजा परेपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा केहीबेरका लागि उडान अवतरण अवरुद्ध भएको छ । 

 

 

रनवे अवरुद्ध हुँदा अवतरणमा रहेका आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान ५ः४० बजेदेखि आकाशमै ‘होल्ड’ भएका छन् । रनवे सामान्य चर्किएपछि मर्मतका लागि विमान केही समयका लागि होल्डमा बस्नुपरेको विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्रीले जानकारी दिए । 

 

 

अबको केही समयपछि नै उडान अवतरण सामान्य हुने उनले उल्लेख गरे । खासगरी वर्षायाममा विमानस्थलको कोटेश्वरतर्फको रनवेमा पटक-पटक समस्या आउने गरेको छ ।

धावनमार्ग त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल धाँजा

विशेष