ओली सरकारले दुई तिहाइको दम्भ देखायो- उपसभापति निधि
जनकपुरधाम । नेपाली कांग्रेस उपसभापति विमलेन्द्र निधिले वर्तमान सरकारले दुई तिहाइको दम्भ देखाएको आरोप लगाएका छन् ।
नेपाल दलित सङ्घ प्रदेश नं २ स्तरीय प्रशिक्षण कार्यक्रमको मंगलबार जनकपुरमा उद्घाटन गर्दै उनले भने, ‘सङ्घीयतालाई कमजोर बनाउन सरकार उद्यत रहेको देखिएको छ ।’ उनले सरकारले सम्पूर्ण संयन्त्रमा आस्थाका आधारमा भेदभाव गरिरहेको पनि आरोप लगाए ।
विमलेन्द्र निधि नेपाल दलित सङ्घ