मुख्य समाचार

सुन तस्करीका आरोपी धमाधम छुट्दै, एसपी खनाललाई पनि छोड्न अदालतको आदेश

सुन तस्करीका आरोपी धमाधम छुट्दै, एसपी खनाललाई पनि छोड्न अदालतको आदेश

मोरङ । ३३ किलो सुन तस्करी प्रकरणमा मुछिएका प्रहरी उपरीक्षक (एसपी) विकासराज खनाललाई  छाड्न अदालतले आदेश दिएको छ ।

 

 

उच्च अदालत, मोरङले मंगलबार उनलाई साधारण तारेखमा छोड्न आदेश दिएको हो । न्यायाधीश नगेन्द्रलाल कर्ण र थिरबहादुर कार्कीको इजलासले एसपी खनाललार्इ छाड्ने आदेश दिएको अदालतले जनाएको छ ।

 

 


साढे ३३ किलो सुन तस्करी प्रकरण र सनम शाक्य हत्याबारे अनुसन्धान गर्न गठित उच्च स्तरीय समितिले गरेको अनुसन्धानका क्रममा सुन तस्करीको विवरणसहितको रजिष्टर बरामद गरेको थियो, जहाँ ४२१ पटक विभिन्न परिणाममा सुन तस्करी भएको खुलेको थियो ।

 

 

मुख्य नाइके चुडामणि उप्रेती गोरे’को नेतृत्वमा साढे ४ वर्षमा झण्डै ३८ क्वीन्टल सुन तस्करी भएको निष्कर्ष समेत निकालिएको थियो । त्यसक्रममा रजिष्टरको एउटा पन्नामा एसपी खनालले दुई पटक गरेर ५० लाख रुपैयाँ लिएको भेटिएको थियो ।

३३ किलो सुन तस्करी प्रहरी उपरीक्षक विकासराज खनाल उच्च अदालत, मोरङ

विशेष