मुख्य समाचार

निर्मलाका हत्यारालाई कारबाहीको माग गर्दै कांग्रेसको प्रदर्शन

निर्मलाका हत्यारालाई कारबाहीको माग गर्दै कांग्रेसको प्रदर्शन

भीमदत्तनगर । कञ्चनपुरको भीमदत्त नगरपालिका-२ खोल्कीका १३ वर्षीया किशोरी निर्मला पन्तको हत्यारालाई कानुनी दायरामा ल्याउनुपर्ने माग गर्दै नेपाली काङ्ग्रेस कञ्चनपुरले प्रदर्शन गरेको छ । 

 


भीमदत्तनगर बजारमा प्रदर्शन गर्दै काङ्ग्रेस कञ्चनपुरले जिल्ला प्रशासन कार्यालयमार्फत प्रधानमन्त्रीलाई हत्यारालाई कारबाहीको मागसहित ज्ञापन पत्रसमेत बुझाएको छ । 

 

 

हत्या भएको ५५ दिन बितिसक्दा पनि वास्तविक हत्यारालाई कानुनी दायरामा ल्याउन नसकेको भन्दै नेपाली काङ्ग्रेस कञ्चनपुरका पार्टी सचिव दिवाकर पाण्डेयले आफूहरुको मागबारे बेवास्ता गरिए शसक्त आन्दोलन गर्ने चेतावनीसमेत दिए । 

 

 

उनले तेस्रो पटक काङ्ग्रेसले ज्ञापनपत्र बुझाएको स्मरण गराउँदै प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र प्रधानमन्त्री कार्यालयमा पेश गर्न आग्रह गरे ।

निर्मला पन्त कांग्रेसको प्रदर्शन

विशेष