इतिहासमा आज

इतिहासमा अाज - राेनाल्डाेकाे जन्मदिन र पाठेघरको सफल शल्यक्रिया भएकाे दिन

इतिहासमा अाज - राेनाल्डाेकाे जन्मदिन र पाठेघरको सफल शल्यक्रिया भएकाे दिन

अाज १८, सेप्टेम्बर रोनाल्डोकाे (सन् १९७६) जन्मदिन । लुइस नजारियो डे लिमा(जन्म १८ सेप्टेम्बर १९७६), 'रोनाल्डो' नामले प्रसिद्ध ब्राजिलका पुर्व फुटबल खेलाडी हुन् । १९९० को दशक पछी र २००० को दशक अघि रोनाल्डो विश्वकै सर्वाधिक सफल गोलकर्ता थिए ।


उनले आफ्नो पहिलो बलोन डी ' ओर पुरस्कार यूरोपीय फुटबल खेलाडी को रूपमा १९९७ (मात्र २१ वर्ष को आयु मा) मा पाएका थिए र यही पुरस्कार उनलाई २००२ मा (२६ वर्षको आयु मा) फेरि मिल्यो ।

 

यसका अतिरिक्त रोनाल्डो फ्रेन्च फुटबल खेलाडी जिनेदिन जिदाने को समान फिफा बर्ष खेलाडी पुरस्कार तीन पटक जीत्ने मात्र दुई खेलाडीमध्ये एक हुन् । २००७ मा उनलाई फ्रान्स फुटबलले अहिले सम्मकै सर्वश्रेष्ठ सुरूवाती एघार खेलाडीको रूपमा नामांकन गर्यो ।

 

फुटबलका भगवान पेलेले तयार गरेको फिफा १०० को सुचिमा उनी पनि अटाउन सफल भए । २०१० मा एक अनलाईन मतदान मा उनी गोल डट कम का 'प्लेयर ऑफ द डिकेड' चुनिए, जसमा उनले कुल मतको ४३.६३ प्रतिशत मत प्राप्त गरेका थिए ।


बि.स. २०६९ (सन् २०१२)  - संसारमै पहिलो पटक आमाको पाठेघर छोरीमा प्रत्यारोपणको सफल शल्यक्रिया गरिएको थियो ।

रोनाल्डो

विशेष