खेल

च्याम्पियन्स लिग : एमबाप्पे नखेल्दा नेयमारलाई समस्या

च्याम्पियन्स लिग : एमबाप्पे नखेल्दा नेयमारलाई समस्या

पेरिस (एजेनसी) । च्याम्पियन्स लिगमा आजा (मंगलबार) लिभरपुल र पेरिस सेन्ट जर्मेन (पिएसजी) एक आपसमा भिड्दै छन् । समूह ‘सी’ मा रहेका यि दुबै टोलीले यस सिजनाको च्याम्पियनस लिगमा आफ्नो पहिलो खेल खेल्दै छन् । आफ्नो पहिलो खेल पिएसजीले लिभरपुलको घरेलु मैदानमा उसको सामना गर्दै छ ।

खेल नेपाली समय अनुसार मंगलबार राति १२:४५ बजे शुरु हुने छ । तर, यस खेलमा पिएसजीका युवा स्टार खेलाडी केलियन एमबाप्पे भने उपस्थित हुने छैनन् । एमबाप्पेले निमेसविरुद्धको खेलमा रातो कार्ड पाएसँगै उनलाई यस खेलमा प्रतिबन्ध लगाईएको छ । 

एमबाप्पेले निमेसका खेलाडी टेजे साभानिएरलाई फाउल गरेको भन्दै खेलको इनजुरी समयका रातो कार्ड खाएका थिए । यससँगै उनी तीन खेलाका लागि मैदान बारिर रहेका छन् । पछिल्लो दुई बर्ष यता पिएसजी च्याम्पियन्स लिगको शीर्ष १६ बाट बाहिरिएको थियो ।

यो पिएसजिका लागि परिक्षण समय पनि हो । यस बर्ष दुई उत्कृष्ट टोली लिभरपुल र पिएसजी एउटै समूहमा भएकाले यि दुबै टोली नै एक अर्काको बाधक बन्न सक्ने अनुमान गर्न सकिन्छ ।




नेयमारलाई समस्यामा ?

पिएसजीले लिग–एक का पहिला आफ्ना पाँच खेलमा जित दर्ता गरेको छ । पिएसजीलाई पार्क डेस प्रिन्सेजको यात्रा अहिले सम्मकै कठिन हुन सक्छ । किनकी पिएसजीका अर्का स्टार खेलाडी नेयमार यस खेलमा ९० मिनेट खेले पनि उनलाई दबाब रहने छ ।

युएसमा एल साल्भाडोरविरुद्धको खेलमा ब्राजिलले ५-० ले जित निकाल्दा विश्वकै महंगा खेलाडी नेयमार लयमा आएको महसुस भएको थियो । जहाँ नेयमारले पेनाल्टी मार्फत खेलको ४ मिनेटमा नै गाल गर्दै सुरुवाती अग्रता दिलाएका थिए । 

तर, लिभरपुलसँगको खेलमा नेयमारको प्रदर्शन कस्तो रहने छ । त्यो भने हेर्ने नै छौ । पीएसजीको आक्रमणमा ब्राजिलियन फरवार्ड नेयमारसँगै उरुग्वेका एडिन्सन कभानी रहने छन् । यता लिभरपुलको आक्रमण इजिप्टका मोहमद सलाह, सेनेगलका कप्तान साडियो माने र ब्राजिलियन रोबर्टो फिर्मिनोले सम्हाल्नेछन् । 

यद्यपी फिर्मिनो आँखाको चोटका कारण यस खेलका लागि उपलब्ध नहुने सम्भावना छ । उनी शनिबार स्पर्सविरुद्ध प्रिमियर लिगको खेलमा घाइते भएका थिए । पिएसजीले नयाँ अनुबन्धित खेलाडी जुआन बर्नाटलाई यस खेलमा आफ्नो उहिलो उपस्थितीको रुपमा मौका दिन सक्छन् । उनलाई १५ मिलियन युरोमा क्लबले अनुबन्ध गरेको थियो । 

च्याम्पियनस लिगमा आजका खेलहरु

बर्सिलोनाविरुद्ध पिएसभी (राति १०:४० बजे)

इन्टर मिलानविरुद्ध टोटनह्याम (राति १०:४० बजे)

क्लब ब्रुग्गेविरुद्ध डर्टमन्ड (राति १२:४५ बजे)

साल्कविरुद्ध प्रोटो (राति १२:४५ बजे)

मोनाकोविरुद्ध एथलेटिको मड्रिड (राति १२:४५ बजे)

लिभरपुलविरुद्ध पिएसजी (राति १२:४५ बजे)

रेड स्टार बेलग्राडेविरुद्ध नेपोली (राति १२:४५ बजे)

गलटासारायविरुद्ध लोकोमोटिभ मोस्को (राति १२:४५ बजे)

लिभरपुल एमबाप्पे पिएसजी

विशेष