मुख्य समाचार

न्याम्सको उपकुलपतिका लागि तीन जनाको नाम सिफारिश

न्याम्सको उपकुलपतिका लागि तीन जनाको नाम सिफारिश

काठमाडौं । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) को उपकुलपति पदमा तीनजना चिकित्सकलाई सिफारिश गरिएको छ । 

 

 

छनोट समितिका सदस्य एवं स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका कामु सचिव चिकित्सक सुशीलनाथ प्याकुरेलले दिएको जानकारीअनुसार चिकित्सक डि एन साह, ढुण्डी पौडेल र अजित रायमाझीलाई सो पदमा सिफारिश गरिएको छ । 

 

 

न्याम्सका सहकुलपति एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादवले तीन जना चिकित्सकको नाम उपकुलपति पदमा सिफारिश गरेका हुन् । 

 

 

अब न्याम्सका कुलपति एवं प्रधानमन्त्री केपी शर्मा ओलीले ती तीन जनामध्ये एकलाई उपकुलपति चयन गर्ने छन् । कामु सचिव प्याकुरेलले १६ चिकित्सकमध्येबाट कार्यक्षमताका आधारमा तीनजनाको नाम चयन गरिएको बताए । 

उपकुलपति उपेन्द्र यादव चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान न्याम्स

विशेष