मुख्य समाचार

नेपाल आइडल बुद्ध लामा बेहोस, नर्भिक अस्पताल भर्ना 

नेपाल आइडल बुद्ध लामा बेहोस, नर्भिक अस्पताल भर्ना 

काठमाडौं । नेपाल आइडल सीजन-१ का विजेता बुद्ध लामा अस्पताल भर्ना भएका छन् । अचानक बेहोस भएपछि लामालाई तुरुन्तै नर्भिक अस्पताल भर्ना गरिएको हो ।

 

 

सोमबार बिहानैदेखि सामान्य ज्वरो आएपनि बुद्ध लामा आफ्नो नयाँ गीत रेकर्डिङका लागि कृपा डिजिटल स्टुडियो पुगेका थिए । तर ज्वरो बढेपछि रेकर्डिङ छोडेर आराम गर्न भन्दै घर गएका उनी आगँनमा पुगेलगत्तै बेहोस भएका हुन् ।

 


सबैजना दोस्रो नेपाल आइडलको खोजीमा जुटेका बेला पहिलो नेपाल आइडल बनेका बुद्ध लामा भने एकाएक अस्पताल भर्ना भएका छन् ।

 


चिकित्सकहरुले उनलाई बुधबारसम्म अस्पतालमै राखेर उपचार गर्नुपर्ने बताएका छन् । उनको स्वास्थ्यमा क्रमिक सुधार भइरहेको चिकित्सकहरुले जानकारी दिएका छन् ।

नेपाल आइडल सीजन बुद्ध लामा

विशेष