खेल मुख्य समाचार

नेपाल भर्सेस अफगानिस्तानः सय रन नबनाउँदै नेपालले पाँच विकेट गुमायो (अपडेट)

नेपाल भर्सेस अफगानिस्तानः सय रन नबनाउँदै नेपालले पाँच विकेट गुमायो (अपडेट)

काठमाडौ । भारतको लखनउमा जारी १९ वर्षमुनिको एक दिवसीय क्रिकेट प्रतियोगिता अन्तर्गत मंगलबार तेस्रो स्थानको लागि भएको भिडन्तमा अफगानिस्तानले नेपाललाई २४५ रनको चुनौती दिएको छ । 

 

 

लखनउस्थित एकान अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको अफगानिस्तानले नेपाललाई २४५ रनको लक्ष्य दिएको हो । 

 

 

नेपालले २४५ रनको लक्ष्य पछ्याउने क्रममा पाँच विकेट गुमाउँदै एक सय पाँच पूरा गरेको छ । उसले २९ ओभरमा एक सय पाँच रन पूरा गरेको हो । अब नेपालका लागि १४० रनको आवश्यकता छ । 

 

 

अफगानिस्तानले ५० ओभरमा आठ विकेट गुमाउँदै २४४ रनको योगफल बनाएको थियो। अफगानिस्तानको लागि रियाद हशनले सर्वाधिक ११७ रन जोडे । 

 

 

उनले १४९ बल खेलेका उनले दुई छक्का र १२ चौका प्रहार गरे । त्यसैगरी बसिर खान सिरले ३२ तथा अरिफ खान दलवतजाईले २४ रन जोडे । 

 

 

बलिङतर्फ नेपालका सागर ढकाल, पवन सराफ र मोहम्मद सांसद आलमले दुई÷दुई विकेट लिए । यसअघि भएको लिग चरणको खेलमा नेपालले अफगानिस्तानलाई २५ रनले पराजित गरेको थियो । नेपाल अहिले जवाफी ब्याटिङमा उत्रेको छ । 

एक दिवसीय क्रिकेट प्रतियोगिता लखनउ नेपाल भर्सेस अफगानिस्तान

विशेष