मुख्य समाचार

आर्थिक सूचकांक सकारात्मक रहेको अर्थमन्त्रीको दाबी

आर्थिक सूचकांक सकारात्मक रहेको अर्थमन्त्रीको दाबी

काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले चालू आर्थिक वर्षको २ महिनामा अर्थतन्त्रको आर्थिक सूचकांक सकारात्मक रहेको बताएका छन्। 

 


नेपाल आर्थिक पत्रकार समाज (सेजन) ले मंगलबारअर्थमन्त्रालयमा आयोजना गरेको पत्रकार सम्मेलनमा अर्थमन्त्री डा. खतिवडाले साउन र भदौ महिनामा एक खर्ब २० अर्ब  रुपैयाँ राजश्व जम्मा भएको तथा चालू खर्च ९६ अर्ब र पूँजीगत खर्च ६ खर्ब रुपैयाँ भइसकेको बताए ।

 

 

उनका अनुसार गत वर्षको सोही अवधिभन्दा यस वर्ष ३७ प्रतिशतले राजश्व सङ्कलनमा वृद्धि भएपनि पूँजीगत खर्च भने सन्तोषजनक हुन सकेको छैन । 

 


मन्त्री खतिवडाले तरलताको अवस्था (लगानीयोग्य रकम) को अभाव नरहेको, पूँजी बजारमा सुधार आइरहेको करको दायरा बढ्दै गएको, कर्जाको ब्याजदरमा सुधार देखिएको जानकारी दिए ।

 

 

उनले राजश्व र आम्दानीको खर्च प्रणालीलाई पारदर्शी बनाउन विद्युतीय (इ) सेवा सञ्चालनमा आएको, ऊखु किसानलाई मूल्य अभिवृद्धि कर (भ्याट) फिर्ता गरिएको, सार्वजनिक नीति लगानीसम्बन्धी विधेयक पेश हुने तयारीमा रहेको जानकारी दिए ।

डा. युवराज खतिवडा अर्थमन्त्री आर्थिक सूचकांक

विशेष