खेल

एसिया कप छनोटः मलेसियालाई पाचाै झड्का, दिपेन्द्रले लिए विकेट

एसिया कप छनोटः मलेसियालाई पाचाै झड्का, दिपेन्द्रले लिए विकेट

काठमाडौं । मलेसियामा जारी एसिया कप छनोट प्रतियोगीता अन्तर्गत शनिबार मलेसिया र नेपालबीच खेल भइरहेको छ । नेपालले टस हारेर ३० ओभरमा १८८ रन बनायो ।

 

१८९ रनको लक्ष्य पछ्याउने क्रममा मलेसियाको पाचाै विकेट पतन भएको छ । यस्तै पाँचौ विकेट दिपेन्द्र सिंह एेरीले लिएका हुन् । 

 

 चाैथाे विकेटका रुपमा भीरन्डीप सिंह आउट भएका छन् । उनलाइ २१ रनमा बसन्तले अाउट गरे । चाैथाे विकेटका रुपमा सागर पुनले मोहमद अंवारलाई आउट गरेका छन् । उनले ४० बलमा ३४ रन बनाएका थिए ।

 

१९ ओभरमा मलेसियाले तीन विकेटको क्षतिमा ९७ रन बनाएको छ । नेपालका लागि ११ औं ओभरको पहिलो बलमा बसन्त रेग्मीले २८ बलमा २२ रन बनाएका अहमिद फाइजलाई क्याचआउट गराएका हुन् । त्यसअघि नेपालका लागि सोमपाल कामीले एक विकेट लिएका थिए ।

 

सोमपालले मलेसियाका कप्तान साफिक सारिफलाई ९ रनमा पेवेलियन फर्काएका हुन् । नेपालले आयोजक मलेसियालाई १८९ रनको लक्ष्य दिएको छ । वर्षाका कारण प्रभावित भएको खेल ३० ओभरमा छोट्याइएकोमा नेपालले ७ विकेटको क्षतिमा १८८ रन बनायो ।

एसिया कप छनोट मलेसिया र नेपाल

विशेष