एसिया कप छनोटः नेपाललाई तेस्रो सफलता, सागरले लिए विकेट (अपडेट)
काठमाडौं । मलेसियामा जारी एसिया कप छनोट प्रतियोगीता अन्तर्गत शनिबार मलेसिया र नेपालबीच खेल भइरहेको छ । नेपालले टस हारेर ३० ओभरमा १८८ रन बनायो ।
१८९ रनको लक्ष्य पछ्याउने क्रममा मलेसियाको तेस्रो विकेट पतन भएको छ । १७ औं ओभरको दोश्रो बलमा सागर पुनले मोहमद अंवारलाई आउट गरेका छन् । उनले ४० बलमा ३४ रन बनाएका थिए ।
१९ ओभरमा मलेसियाले तीन विकेटको क्षतिमा ९७ रन बनाएको छ । नेपालका लागि ११ औं ओभरको पहिलो बलमा बसन्त रेग्मीले २८ बलमा २२ रन बनाएका अहमिद फाइजलाई क्याचआउट गराएका हुन् ।
बसन्तको बलमा कप्तान पारस खड्काले क्याच आउट गरे । मलेसिया ११ औं ओभरको खेलचलिरहँदा २ विकेटको क्षतिमा ६६ रन बनाएर खेलिरहेको छ । त्यसअघि नेपालका लागि सोमपाल कामीले एक विकेट लिएका थिए ।
सोमपालले मलेसियाका कप्तान साफिक सारिफलाई ९ रनमा पेवेलियन फर्काएका हुन् । नेपालले आयोजक मलेसियालाई १८९ रनको लक्ष्य दिएको छ । वर्षाका कारण प्रभावित भएको खेल ३० ओभरमा छोट्याइएकोमा नेपालले ७ विकेटको क्षतिमा १८८ रन बनायो ।
मलेसिया एसिया कप छनोट