मुख्य समाचार

जोशीविरुद्ध महाअभियोग दर्ता गर्न नेकपाको हस्ताक्षर संकलन

जोशीविरुद्ध महाअभियोग दर्ता गर्न नेकपाको हस्ताक्षर संकलन

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का सांसदले सर्वोच्च अदालतका न्यायाधीश दिपकराज जोशीविरुद्ध महाअभियोग प्रस्ताव ल्याउन भन्दै हस्ताक्षर संकलन गरेका छन् । 

 

 

बिहीबार नेकपाका प्रमुख सचेतक देव गुरुङले जोशीविरुद्ध महाअभियोग प्रस्ताव ल्याउने भन्दै सांसदलाई खाली कागजमा हस्ताक्षर गराएका हुन् । 

 

 


नयाँ प्रधानन्यायाधीशमा ओमप्रकाश मिश्र नियुक्त भएससँगै सर्वोच्च फिर्ता भएका जोशीले राजीनामा दिने बचन तोडेको नेकपाकाे आरोप छ । 

 

 

सर्वोच्च फर्कनु पहिले कानुनमन्त्री भानुभक्त ढकाललाई भेट गरेका जोशीले केही मुद्दा हेर्ने वित्तिकै राजीनामा दिने बताएका नेकपाको दाबी छ ।

 

 

नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड चीनबाट फर्किए लगतै संसदीय दलका उपनेता सुवास नेम्वाङले परामर्श गरेका थिए । त्यसलगतै हस्ताक्षर संकलन सुरु भएको हो ।

 

 

न्यायाधीश जोशीले बचन तोडेर नेकपालाई अप्ठ्यारोमा पारेको भन्दै महाअभियोगको तयारी सुरु नेकपाका नेताहरुको भनाई छ । तत्काल हस्ताक्षर भएपनि आजै दर्ता चाहिँ नहुने संसदीय सुनुवाई समितिका सदस्य समेत रहेका एक सांसदले बताए । 

 

 

यदि जोशीविरुद्ध महाअभियोग पारित गराउने दुई तिहाई बहुमत संसदमा छ । यसअघि पनि उनलाई नेकपा सांसदकै पहलमा संसदीय सुनुवाई विशेष समितिले प्रधानन्यायाधीशमा अस्वीकृत गरेको थियो । 

नेपाल कम्युनिस्ट पार्टी देव गुरुङ न्यायाधीश दिपकराज जोशी

विशेष